कुवेतमा अमेरिकी लडाकु विमान दुर्घटनाग्रस्त
सारांश
- इजरायल-अमेरिका र इरानबिचको युद्धको तेस्रो दिनमा कुवेतमा अमेरिकी लडाकु विमान दुर्घटना भयो।
- सीएनएनका अनुसार, विमान कुवेतस्थित अमेरिकी एयर बेस नजिक दुर्घटनाग्रस्त भएको थियो।
- दुर्घटनाग्रस्त विमान कुन देशको वायुसेनाको हो भन्ने अझै थाहा हुन सकेको छैन।
कुवेत । सोमबार इजरायल–अमेरिका र इरान बिचको युद्धको तेस्रो दिनमा प्रवेश गरेको छ । यसैबिच, कुवेतमा एक अमेरिकी लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । सीएनएनका अनुसार कुवेतस्थित अमेरिकाको एयर बेस नजिक लडाकु विमान दुर्घटना भएको हो ।
प्रसारित भिडियोमा विमानमा आगो लागेको देखिन्छ । विमान आकाशबाट टेलस्पिन हुँदै खसेको देखाइएको छ । विमान कुन एयर बेसको हो भन्ने स्पष्ट भई नसकेको बताइएको छ । विश्लेषकहरूले विमान एफ–१५ ई वा एफ÷ए–१८ जस्ता ट्विन–इन्जिन लडाकु विमानसँग मेल खाने बताएका छन् ।
सीएनएनका अनुसार दुर्घटना अमेरिकी अली अल सालेम एयर बेसबाट करिब १० किलोमिटरभित्र भएको देखिन्छ । विमान किन दुर्घटनाग्रस्त भयो वा दुघर्टनाग्रस्त विमान कुन देशको वायुसेनाको हो भन्ने थाहा हुन सकेको छैन ।
कुवेतले पनि एफ/ए–१८ जेट प्रयोग गर्छ । अधिकारीहरूले दुर्घटनाबारे थप विवरण सार्वजनिक गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण