बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सर्वोच्चले होली र चुनावको बिदामा पनि बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्ने

सोमबार, १८ फागुन २०८२, १२ : ५१
सोमबार, १८ फागुन २०८२

सारांश

  • सर्वोच्च अदालतले चुनाव र होली बिदामा पनि बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्नेछ।
  • बन्दी प्रत्यक्षीकरण रिटका लागि तीन न्यायाधीश तोकिएका छन्, फागुन २०, २२ र २४ गते सुनुवाइ हुनेछ।
  • बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म रिट दर्ता र सुनुवाइका लागि अदालत खुला रहनेछ।

काठमाडौँ । सर्वोच्च अदालतले चुनाव र होलीको बिदामा पनि बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतको निर्णय अनुसार बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्न न्यायाधीश तोकिएको छ ।

सर्वोच्च अदालत प्रवक्ता अर्जुन कोइरालाका अनुसार बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइका लागि तीन जना न्यायाधीशलाई तोकिएको छ । फागुन २० गते न्यायाधीश शारंगा सुवेदी, फागुन २२ गते न्यायाधीश महेश शर्मा पौडेल र फागुन २४ गते नारी दिवसका दिन न्यायाधीश मेघराज पोखरेलले बन्दीप्रत्यक्षीकरणको रिटमा सुनुवाइ हुनेछ ।

बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म रिट दर्ता र सुनुवाइका लागि अदालत खुला राखिनेछ ।

न्याय प्रशासन ऐन २०७३ को दफा २६ अनुसारअदालतमा लगातार तीन दिनभन्दा बढी सार्वजनिक बिदा परेमा पनि बन्दीप्रत्यक्षीकरणको रिट सुन्न सर्वोच्च अदालत खुला रहन्छ । यस्तो अवस्थामा सुनुवाइ गर्न पूर्ण इजलासबाट विशेष न्यायाधीशहरू तोकिने व्यवस्था छ । जसले गैरकानुनी थुना वा थुनाको कारण जाँच गरी मुद्दा हेर्ने गर्दछ ।

चुनावको समयमा गैरकानुनी पक्राउ र थुनामा राखेको दाबीसहित कुनै पनि व्यक्तिले रिहाइका लागि बन्दी प्रत्यक्षीकरण रिट दर्ता गर्ने पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप