शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

इच्छाविपरीत रङ नदल्न प्रधानमन्त्रीको आग्रह, छिट्टै जननिर्वाचित प्रतिनिधिलाई सत्ता हस्तान्तरण गर्ने

सोमबार, १८ फागुन २०८२, १३ : ४५
सोमबार, १८ फागुन २०८२

काठमाडौँ । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको संघारमा परेको होलीले देशमा नयाँ उत्साह छाउने विश्वास व्यक्त गरेकी छन् । सोमवार देशवासीको नाममा सम्बोधन गर्दै उनले होलीले देशमा नयाँ उत्साह छाउने विश्वास व्यक्त गरेकी हुन्।

फागु पूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दै उनले रङ्गहरूको यस पर्वले समाजमा एकता, सद्भाव र उत्साहको सन्देश दिने तथा नेपालको विविधतालाई मजबुत बनाउने बताइन् । प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकाल र जिम्मेवारीको समीक्षा समेत गरेकी छन् । इतिहासकै कठिन मोडमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुलाई आफूले मातृभूमिप्रतिको दायित्वका रूपमा लिएको उनले बताइन्। आफ्नो कार्यकालभर न्याय र निष्ठाको पक्षमा उभिएर काम गर्ने प्रयास गरेको स्मरण गर्दै उनले अबको केही दिनमै देशको बागडोर जनताले चुनेका नयाँ प्रतिनिधिहरूको हातमा सुम्पिने उद्घोष गरिन् ।

अन्तरिम सरकार आफ्नो मुख्य दायित्व (निर्वाचन गराउने) पूरा गरेर सत्ता हस्तान्तरण गर्न पूर्ण रूपमा तयार रहेको उनले स्पष्ट पारिन् । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप