इरानको परमाणु कार्यक्रम केही महिनामै ‘अजेय’ बन्ने अवस्थामा पुग्याे : नेतन्याहु
सारांश
- इजरायलका प्रधानमन्त्री नेतन्याहुले इरानविरुद्धको सैन्य आक्रमणको बचाउ गरे।
- उनले इरानको परमाणु गतिविधि अजेय बन्दै गएको बताए।
- इजरायलले इरानको युरेनियम कार्यक्रमको विरोध गर्दै आएको छ।
तेल अभिभ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले इरानविरुद्ध गरिएको इजरायली सैन्य आक्रमणको बचाउ गर्दै तेहरानको परमाणु गतिविधि केही महिनामै अजेय बन्ने अवस्थामा पुगेको दाबी गरेका छन् ।
नेतन्याहुले फक्स न्यूजसँगको अन्तर्वार्तामा भने– ‘जुन महिनामा १२ दिनसम्म चलेको युद्धका क्रममा इजरायल र अमेरिकाले तीनवटा परमाणु केन्द्रलाई लक्षित गरी संयुक्त हवाई आक्रमण गरे पनि इरानी सैनिक र प्राविधिकहरूले नयाँ संरचना बनाउन थालेका थिए ।’
उनका अनुसार इरानले ब्यालिस्टिक मिसाइल र आणविक बम विकास गर्न सकिने भूमिगत बंकरसहितका नयाँ स्थल निर्माण गरिरहेको थियो । उनले भने– ‘अहिले कदम चालिएन भने भविष्यमा कुनै कदम चाल्न सकिने थिएन ।’
इजरायलले लामो समयदेखि इरानको युरेनियम समृद्धि कार्यक्रमको विरोध गर्दै आएको छ । उक्त कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि नभई आणविक हतियार विकासतर्फ मोडिन सक्ने जोखिम रहेको इजरायलको भनाइ छ । तर इरानी सरकारले भने आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण उद्देश्यकै लागि भएको दाबी गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
-
संघीय सांसद बजेट माग्न प्रदेशमा
-
कागबेनी–मुक्तिनाथ सडक स्तरोन्नति सुरु
-
संसदीय भूमिका प्रभावकारी बनाउन नेकपाका सांसदलाई प्रशिक्षण
-
नेपाललाई विद्युत् तथा प्रविधि–आधारित अर्थतन्त्रतर्फ अघि बढाउनुपर्नेमा अध्यक्ष अग्रवालको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण