इजरायलका तीन सैन्य स्थलमा आक्रमण : हिज्बुल्लाह
मङ्गलबार, १९ फागुन २०८२, १३ : ५४
सारांश
- इरान समर्थित हेजबुल्लाहले इजरायलका तीन सैन्य स्थलमा आक्रमण गरेको दाबी गरेको छ।
- हिज्बुल्लाहले लेबनानमा इजरायली आक्रमणको जवाफमा कारबाही गरेको जनाएको छ।
- हिज्बुल्लाहले गोलान हाइट्स, मेरोन र रमत डेविडमा आक्रमण गरेको दाबी गरेको छ।
तेल अभिभ । इरान समर्थित लडाकु समूह हेजबुल्लाहले इजरायलका तीन सैन्य स्थलमा आक्रमण गरेको दाबी गरेको छ । उसले यो कारबाही लेबनानका दर्जनौँ सहर र बस्तीलाई लक्षित इजरायली आक्रमणको प्रत्युत्तर भएको जनाएको छ ।
टेलिग्राममा छुट्टाछुट्टै तीन पोस्ट गर्दै हिज्बुल्लाहले गोलान हाइट्सस्थित नाफाह सैन्य आधारमा ठुलो मिसाइल वर्षा गरेको दाबी गरेको छ । साथै,उत्तरी इजरायलका मेरोन र रमत डेविड हवाई अड्डामा ड्रोन आक्रमण गरिएको पनि जनाएको छ ।
यी आक्रमणबारे इजरायली सेनाले भने अहिलेसम्म कुनै आधिकारिक टिप्पणी गरेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण