१२ बजे १२ समाचार: यस्ता छन् आजकाे प्रमुख समाचार
सारांश
- रास्वपाका उम्मेदवार साहको उम्मेदवारी खारेज गरियो भने राष्ट्रिय सभा सदस्यको शपथ फागुन २५ गते हुने भएको छ।
- मध्यपूर्वमा अमेरिका-इजरायल र इरानबीचको तनावले नेपालको अर्थतन्त्रमा असर पार्ने जोखिम बढेको छ।
- २०८३ सालमा दिइने सार्वजनिक बिदा सरकारले निर्धारण गरेको छ भने निर्वाचन आयोगले सवारी पासको दुरुपयोग नगर्न अनुरोध गरेको छ।
काठमडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. मताधिकारबाट महिला वञ्चित भएको नेपालको पहिलो निर्वाचन
त्यस निर्वाचनमा सर्वप्रथम काठमाडौँको सहरी क्षेत्रका जनताले आफ्नो प्रतिनिधि आफैँ छान्नका लागि मताधिकार प्रयोग गरेका थिए ।
२. उम्मेदवारी खारेज
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट प्रतिनिधि सभा उम्मेदवार बनेका किशोरी साह कमलको उम्म्देवारी खारेज गरिएको छ।
३.नवनिर्वाचित राष्ट्रियसभा सदस्यको शपथ फागुन २५ गते
गत माघ ११ गते भएको निर्वाचनबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका १८ जनाको फागुन २५ गते पद तथा गोपनियताको शपथ हुने भएको छ ।
४. अदालत
सर्वोच्च अदालतले दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरको छ।
५. मध्यपूर्व तनाव
अमेरिका–इजरायल र इरानबिचको तनावले मध्यपूर्वमा युद्ध चर्किएको छ । यसले नेपालको अर्थतन्त्रमा बहुआयामिक असर पार्ने जोखिम बढेको छ।
६. महासंघमा महासङ्ग्राम
मुलुकमा आम निर्वाचनको तयारी अन्तिम चरणमा पुग्दा निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ आफ्नै चुनावी माहोलले तातेको छ ।
महासंघको आगामी चैत २८ र २९ गते हुने ६०औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने भएसँगै उद्योगी–व्यवसायीहरू प्यानल बनाएर प्रतिस्पर्धाको मैदानमा उत्रिएका छन् ।
७. २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण
सरकारले विसं २०८३ सालमा दिइने सार्वजनिक बिदा निर्धारण गरेको छ । गत फागुन १३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा निर्धारण गर्ने निर्णय गरेको थियो । निर्णयअनुसार बिदाबारेको निर्णय राजपत्रमा प्रकाशित गरिएको हो ।
८. प्रतिनिधि सभा निर्वाचन
निर्वाचन आयोगले सवारी पासको दुरूपयोग गर्दै सम्बन्धित व्यक्तिबाहेक अन्य व्यक्तिहरू ओसारपसार नगर्न सम्बन्धित सबैलाई अनुरोध गरेको छ ।
९. माझी बस्तीको त्रास
बस्ती नजिकै बगिरहेको कालीगण्डकी नदी । छेउमै स–साना सिमेन्टका ब्लक र पुराना जस्तापाताले छाएका छाप्रा । छानाभरि ढुङ्गै ढुङ्गा । किन यसरी छानामा ढुङ्गा राखिएको होला ? माझी बस्तीमा देखिने यो दृश्यले बागलुङ–पोखरा राजमार्गमा यात्रा गर्ने हरेक यात्रुको मनमा उठ्छ यो प्रश्न ।
१०. निर्वाचनको दिन आन्तरिक उडान नियमित, अन्तर्राष्ट्रिय उडान आंशिक
निर्वाचनको दिन आन्तरिक उडानहरू नियमित रूपमा सञ्चालन हुने भएका छन् ।
११. इरानसँगको युद्ध अमेरिकालाई कति महँगो पर्ला ?
अमेरिकालाई इरान युद्धको लागत कति पर्न सक्छ? धेरैको मनमा लागेको प्रश्न हो यो । यस सैन्य अभियानको कुल लागत अनुमान गर्न कठिन छ, तर विज्ञहरूले यो भन्दा ठुलो चुनौती हतियारको भण्डारण रित्तिनु हुन सक्ने चेतावनी दिएका छन्।
१२. विश्वकप
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलाली र कञ्चनपुरमा विमानस्थल सञ्चालन प्रक्रिया अघि बढाउन उच्चस्तरीय बैठक
-
चालू आर्थिक वर्षमा यी न्यायाधीशले गरे सर्वाधिक मुद्दा फैसला
-
मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
जापानी प्रधानमन्त्रीको लोकप्रियता दर पहिलो पटक ५० प्रतिशतभन्दा तल
-
कोरियाबाट फर्केका नेपालीको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणमा लगाउनुपर्नेमा जोड
-
श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण