मध्यपूर्वको तनावका कारण ‘टक्सिक’को रिलिज सर्यो
सारांश
- चलचित्र 'टक्सिक' को प्रदर्शन मिति सारिएको छ, जुन अब ४ जुन २०२६ मा रिलिज हुनेछ।
- मध्यपूर्वमा देखिएको तनावका कारण फिल्मको प्रदर्शन मिति परिवर्तन गरिएको हो, जसले फिल्मको व्यापारमा असर पार्न सक्ने अनुमान छ।
- गीतु मोहनदासद्वारा निर्देशित यस फिल्ममा यश, नयनतारा, कियारा आडवाणी लगायतका कलाकारहरूको अभिनय रहेको छ।
मुम्बई । अभिनीत फिल्म ‘टक्सिकः अ फेयरीटेल फर ग्रोन–अप्स’ को प्रदर्शन मिति परिवर्तन भएको छ । १९ मार्च २०२६ (चैत ५) मा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म मध्यपूर्वमा देखिएका तनावका कारण रिलिज मिति सारिएको हो ।
फिल्म अब ४ जुन २०२६ (जेठ २१) देखि विश्वभर एकसाथ प्रदर्शन हुनेछ । निर्माता तथा अभिनेताले बुधबार अमेरिका र इजरायलको इरानमा संयुक्त हमलापछि मध्यपूर्वमा चलिरहेको द्वन्द्वका कारण प्रदर्शन मिति परिवर्तन गर्नु परेको एक विज्ञप्ति मार्फत जनाएको छ ।
भारतीय फिल्मको व्यवसायको लागि मध्यपूर्व क्षेत्र महत्त्वपूर्ण बजार मानिन्छ । त्यहाँको अस्थिर परिस्थितिले फिल्मको व्यापारमा असर पार्न सक्ने भन्दै प्रदर्शन सारिएको हो ।
फिल्म गीतु मोहनदासले निर्देशन गरेका हुन् । फिल्ममा यशसँगै नयनतारा, कियारा आडवाणी, हुमा कुरेशी, रूक्मिणी वसन्त र तारा सुतारिया पनि मुख्य भूमिकामा छन् ।
_Ii6QnlywxG.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण