इरानद्वारा इजरायलतर्फ नयाँ मिसाइल आक्रमण सुरु
बिहीबार, २१ फागुन २०८२, १५ : ५०
सारांश
- इजरायलले इरानबाट फेरि मिसाइल आक्रमण सुरु भएको जनाएको छ।
- इजरायली सेनाले हवाई सुरक्षा प्रणाली सक्रिय पारेर मिसाइल रोक्ने प्रयास गरिरहेको छ।
- आईडीएफले नागरिकहरूलाई सुरक्षा निर्देशनहरू पालना गर्न आग्रह गरेको छ।
तेल अभिभ । इरानबाट फेरि मिसाइल आक्रमण शुरु भएको इजरायलले जनाएको छ । इजरायली रक्षा बल (आईडीएफ)ले बिहीबार बिहान इरानबाट प्रहार गरिएका नयाँ मिसाइलहरूको लहर पहिचान भएको जानकारी दिएको हो ।
टेलिग्राममार्फत जारी गरिएको वक्तव्यमा आईडीएफले देशका हवाई रक्षा प्रणाली सक्रिय अवस्थामा रहेको र सम्भावित खतरा रोक्न मिसाइल अवरोध गर्ने प्रयास भइरहेको जनाएको छ ।
साथै सर्वसाधारणलाई सुरक्षा निर्देशिकाको पालना गर्न आग्रह पनि गरिएको छ । ‘जनतालाई जिम्मेवार भएर व्यवहार गर्न र निर्देशनहरू पालना गर्न अनुरोध गरिन्छ– ती निर्देशनहरूले ज्यान जोगाउँछन्,’ आफ्नो सन्देशमा आईडीएफले भनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण