आबुधावीमा ड्रोनको टुक्रा खसेर लाग्दा नेपाली घाइते
बिहीबार, २१ फागुन २०८२, १६ : ४०
सारांश
- आबुधाबीमा हवाई रक्षा प्रणालीले ड्रोन रोकेको र त्यसका टुक्रा खसेर ६ जना घाइते भएका छन्।
- घाइते हुनेहरुमा नेपाली नागरिक पनि रहेको बताइएको छ।
- आबुधाबीको आईसीएडी २ जिल्लामा ड्रोनका टुक्रा खसेका थिए र घाइतेको अवस्था मध्यम रहेको छ।
आबुधाबी । यूएईको आबुधावीमा हवाई रक्षा प्रणालीले ड्रोन रोक्न सफल भएपनि टुक्रा खसेर लाग्दा ६ जना घाइते भएका छन् ।
घाइते हुनेमा नेपाली नागरिक पनि रहेको त्यहाँको सरकारी मिडिया कार्यालयले जनाएको छ ।
आबुधाबीको आईसीएडी २ जिल्लाका दुई स्थानमा ड्रोनको टुक्रा खसेको समाचारमा उल्लेख छ । समाचारमा घाइतेको नाम भने खुलाइएको छैन । उनीहरूलाई गम्भीरदेखि मध्यमस्तरसम्मका चोटपटक लागेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण