हुम्लाको हल्जीको विवाद समाधान : मतदान सकियो
बिहीबार, २१ फागुन २०८२, १७ : ०९
सारांश
- हुम्लाको हल्जीस्थित विद्यालयको मतदान केन्द्रमा देखिएको विवाद समाधान भएको छ।
- स्थानीयले गुम्बामा मतदानको माग गरेपछि निर्वाचन टोलीले नमान्दा विवाद भएको थियो।
- विवाद समाधानपश्चात मतदान सम्पन्न भयो र मतपेटिका सदरमुकाम ल्याइयो।
हुम्ला । हुम्लाको नाम्खा गाउँपालिका–६ को हल्जीमा सुनखानी आधारभूत विद्यालयको मतदान केन्द्रमा सिर्जित विवाद समाधान भएको छ।
२६४ जना मतदाता रहेको उक्त मतदान केन्द्रमा स्थानीयले गुम्बामा मतपेटिका र मतपत्र लिएर मतदान गराउनुपर्ने माग गर्दा निर्वाचनमा खटिएको टोलीले नमानेपछि लफडा भएको थियो।
उक्त विवाद समाधान भएर पनि मतदान सकिएको हुम्ला जिल्ला अधिकारी टेककुमार रेग्मीले बताए । उक्त ठाउँको मत पेटिका हेलिकप्टरबाट जिल्ला सदरमुकाम समेत ल्याइसकिएको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण