प्रतिनिधिसभा निर्वाचन-२०८२
सिन्धुलीमा ५३.५८ प्रतिशत मतदान, मतपेटिका संकलन कार्य सुरु
बिहीबार, २१ फागुन २०८२, १९ : ५९
सारांश
- बिहीबार देशभरका प्रतिनिधि सभा सदस्य छान्न मतदान सम्पन्न भयो।
- निर्वाचन आयोगले मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको छ।
- मतपेटिका संकलनपछि तोकिएको स्थानमा मतगणना सुरु हुनेछ।
सिन्धुली । सिन्धुलीमा प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत जिल्लाभर ५३.५८ प्रतिशत मत खसेको छ । बिहीबार भएको मतदानमा जिल्लाका कुल मतदातामध्ये १ लाख १५ हजार २१४ जनाले आफ्नो मताधिकार प्रयोग गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।
कार्यालयका अनुसार जिल्लामा कुल २ लाख १५ हजार १९ मतदाता रहेका थिए । जसमध्ये ५४ हजार ४३२ महिला र ५८ हजार ७८२ पुरुष मतदाताले मतदान गरेका छन् । जिल्लाका १५१ मतदान स्थलका २७४ वटै मतदान केन्द्रमा शान्तिपूर्ण र स्वच्छ वातावरणमा मतदान कार्य सम्पन्न भएको हो ।
मतदान सकिएसँगै सदरमुकाम नजिकका मतदान केन्द्रहरूबाट मतपेटिका संकलन कार्य सुरु भइसकेको छ । यसै क्रममा कमलामाई नगरपालिका–६ स्थित खम्बेचौर मतदानस्थलका ५ वटा मतदान केन्द्रका मतपेटिका मतगणना स्थल तोकिएको जिल्ला समन्वय समितिको नवनिर्मित भवनमा ल्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण