अमेरिकी लडाकु विमान खसालेको इरानको दाबी
सारांश
- आईआरजीसीले इरानको दक्षिण-पश्चिमी सिमाना नजिक अमेरिकी एफ-१५ई लडाकु विमान खसालेको दाबी गरेको छ।
- तस्निम समाचार संस्थाका अनुसार आईआरजीसीले दुई सिटे लडाकु विमानलाई निशाना बनाएको जनाएको छ।
- अमेरिकी सेनाले इरानको दाबीलाई अस्वीकार गर्दै, एफ-१५ई विमान दुर्घटनाग्रस्त भएको हल्ला गलत भएको जनाएको छ।
तेहरान । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स (आईआरजीसी)ले अमेरिकी लडाकु विमान खसालेको दाबी गरेको छ । अर्धसरकारी समाचार संस्था तस्निमका अनुसार आईआरजीसीले इरानको दक्षिण–पश्चिमी सिमाना नजिक अमेरिकी एफ–१५ई स्ट्राइक फाइटरलाई निशाना बनाएर खसालेको जनाएको हो ।
तस्निमले आईआरजीसीलाई उद्धृत गर्दै उक्त दुई सिटे लडाकु विमान निशाना बनाएर खसालिएको दाबी गरेको छ । तर उक्त घटना कहिले भएको हो भन्ने स्पष्ट जानकारी भने दिइएको छैन ।
यता अमेरिकी सेनाले भने इरानको दाबीलाई पूर्ण रूपमा अस्वीकार गरेको छ । अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले सामाजिक सञ्जाल एक्समा प्रतिक्रिया दिँदै इरानमा अमेरिकी एफ–१५ई विमान खसालेको भन्ने समाचार निराधार र गलत भएको जनाएको छ । सेन्टकमले पोस्टमा लेखेको छ,
‘बुधबार बिहान इरानमा अमेरिकी एफ–१५ई विमान दुर्घटनाग्रस्त भएको भन्ने सामाजिक सञ्जालमा फैलिएको हल्ला पूर्ण रूपमा गलत हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार छैटौँ दिन बढ्यो सेयर बजार, ६ अर्ब ६७ करोडको कारोबार
-
अमेरिकी आक्रमण जारी रहेसम्म स्ट्रेट अफ होर्मुज नखुल्ने इरानको चेतावनी
-
नागरिकमा चर्को असन्तुष्टि छ, सम्बोधन नभए विस्फोट हुन्छ : गगन थापा
-
भक्तपुरमा विश्वकप फुटबलको फाइनल हेर्ने क्रममा कुटाकुट, एक जनाको मृत्यु
-
बालेनले घोषणा गरेको शिक्षा र स्वास्थ्यको कर फिर्ता गर्ने के छ प्रक्रिया ?
-
ऋण असुलीबाट दुई समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण