भारत चौथो पटक टी–२० विश्वकपको फाइनलमा, इंग्ल्यान्ड ७ रनले पराजित
मुम्बई। भारतले चौथो पटक टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा इंग्ल्याण्डलाई ७ रनले हराउँदै भारतले फाइनलमा स्थान सुरक्षित गरेको हो। भारत यसअघि २००७ र २०१४ मा पनि फाइनलमा पुगेको थियो, र यो २०२४ मा उसको चौथो फाइनल प्रवेश हो।
मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा इंग्ल्याण्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। भारतीय टोलीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २५३ रनको विशाल योगफल बनाएको थियो। २५४ रनको विशाल लक्ष्य पछ्याएको इंग्ल्याण्डको टोलीले २० ओभरमा ७ विकेट गुमाएर २४६ रन मात्र बनाउन सक्यो र ७ रनले पराजित भयो।
इंग्ल्याण्डका ज्याकब बेथेलले ४८ बलमा १०५ रनको शानदार शतकीय पारी खेले पनि आफ्नो टोलीलाई फाइनलमा पुर्याउन सकेनन्।
भारतका लागि सञ्जु स्यामसनले सर्वाधिक ८९ रनको उत्कृष्ट पारी खेलेका थिए। यस्तै, शिवम दुबेले ४३, ईशान किशनले ३९, हार्दिक पान्ड्याले २७ र तिलक वर्माले २१ रनको योगदान दिए। बलिङतर्फ इंग्ल्याण्डका विल ज्याक्स र आदिल रशिदले २(२ विकेट लिए। एक विकेट जोफ्रा आर्चरको नाममा रह्यो भने भारतीय टोलीका २ ब्याट्सम्यान रनआउट भएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मधेसमा तीन दलीय गठबन्धन कायम रहने मुख्यमन्त्री यादवको दाबी
-
गण्डकीमा सत्ताको चाबी बोकेर के गरिरहेको छ राप्रपा–प्रलोपा ?
-
ओलीले शिलान्यास गरेको नागढुंगा सुरुङ मार्गको शिलापत्र कसरी हरायो ?
-
बीएण्डबी अस्पतालमा किशोरीको डिम्ब निकालेको घटनामा डा. नूतन शर्मा पनि अनुसन्धान दायरामा
-
काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार
-
रौतहटमा खोलामा डुबेर बालकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण