बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

जेलमा रहेका ग्याङ्गस्टर अबु सलेमले ‘इज्जत’ मा आँच पुर्याएको भन्दै सञ्जुका निर्मातालाई नोटिस पठाए

शुक्रबार, ११ साउन २०७५, ११ : २१
शुक्रबार, ११ साउन २०७५

सन् १९९३ मुम्बई धमाका मामलामा सजायँ काटिरहेका ग्यांगस्टर अबु सलेमले फिल्म सञ्जुका निर्माता राजू हिरानी, विधू विनोद चोपडा र फक्स न्यूजलाई कानूनी नोटिस पठाएका छन् ।

सलेमले फिल्ममा उनलाई गलत तरिकाले देखाइएकाले निर्माताले माफी माग्नुपर्ने बताएका छन् । यसका लागि उनले १५ दिनको समय दिएका छन् । सो समयमा माफी नमागे आफूले उनीहरुविरुद्ध मानहानीको मुद्दा दर्ता गर्ने चेतावनी दिएका छन् ।

सलेमले वकिल प्रशान्त पाण्डेमार्फत नोटिस पठाएका हुन् । यसमा फिल्मको एउटा दृश्यको हवाला दिँदै त्यसलाई गलत तथ्यको आधारमा छायांकन गरिएको बताए । उक्त नोटिसमा भनिएको छ, ‘फिल्मको एउटा दृश्यमा रणबीर कपूर (संजय दत्तको भूमिकामा) ले सन् १९९३ मुम्बई हमलाका बेला हतियार र बम राखेको कुरा स्विकार गर्छन् । जबकी सलेमले कहिले पनि कुनै प्रकारको हतियार र गोली आपूर्ती गरेका थिएनन् ।’

उक्त नोटिसमा सलेमले कहिले पनि संजय दत्तलाई नभेटेको बताएको छ । उक्त नोटिसमा फिल्ममा आधारहिन आरोप लगाएर सेलमको इज्जतमा आँच पुर्याएको  बताएको छ ।

सलेम सन् १९९३ को मुम्बई बम हमलामा संलग्न भएको आरोपमा जन्मकैद काटिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप