कञ्चनपुर–२ मा दीपक बोहराको फराकिलो अग्रता
शुक्रबार, २२ फागुन २०८२, १२ : ४९
सारांश
- कञ्चनपुर क्षेत्र नम्बर २ मा रास्वपाका दीपक बोहराले अग्रता लिएका छन्, उनले ४ हजार २६८ मत प्राप्त गरेका छन्।
- नेपाली कांग्रेसका एनपी साउदले १ हजार ५२५ मत प्राप्त गरेका छन् भने एमालेका बचनबहादुर सिंह ८४७ मतका साथ तेस्रो स्थानमा छन्।
- कञ्चनपुर क्षेत्र नम्बर २ मा मतगणना जारी रहेको निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले जानकारी दिए।
काठमाडौँ । कञ्चनपुर क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपक बोहराले फराकिलो अग्रता बनाएका छन् । ४ हजार २६८ मतको साथ उनी सबैभन्दा अगाडी छन् । नेपाली कांग्रेसका एनपी साउदले १ हजार ५२५ मत पाएका छन् । नेकपा (एमाले) का बचनबहादुर सिंह ८४७ मतको साथ तेस्रो स्थानमा छन् ।
नेपाली कम्युनिस्ट पार्टीका माधव प्रसाद पन्तले ४२७ मत पाउँदा राप्रपाका तीर्थराज चटौतले १५० मत पाएका छन् । मतगणना जारी रहेको कञ्चनपुर क्षेत्र नम्बर–२ का निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले राातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीतिक प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण