दोलखामा नेकपाका विशाल खड्काको अग्रता
शुक्रबार, २२ फागुन २०८२, १७ : ५४
सारांश
- दोलखाको जिरी नगरपालिका वडा नम्बर २ मा नेकपाका उम्मेदवार विशाल खड्काले अग्रता लिएका छन्।
- खड्काले २८४ मत प्राप्त गर्दा रास्वपाका जगदीश खरेल २५० मतसहित दोस्रो स्थानमा छन्।
- एमालेका पार्वत गुरुङले १३० र कांग्रेसका अजयबाबु सिवाकोटीले २५ मत प्राप्त गरेका छन्।
काठमाडौँ । दोलखामा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार विशाल खड्काले अग्रता लिएका छन् । दोलखाको जिरी नगरपालिका वडा नम्बर २ को ताजा मत परिणाम अनुसार खड्काले अग्रता लिएका हुन् ।
खड्काले २८४ मत प्राप्त गर्दै पहिलो स्थानमा छन्। त्यसैगरी, रास्वपाका जगदीश खरेल २५० मत ल्याएर दोस्रो स्थानमा रहेका छन् । यी दुई उम्मेदवारबिच यस वडामा कडा प्रतिस्पर्धा देखिएको छ।
यता, एमालेका पार्वत गुरुङले १३० मत प्राप्त गर्दै तेस्रो स्थानमा छन् । भने कांग्रेसका अजयबाबु सिवाकोटीले भने जम्मा २५ मत मात्र प्राप्त गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण