ह्याट्रिक हार नजिक रहेका राजन भन्छन्–यो क्षेत्रबाट कहिल्यै उम्मेदवार बन्दिनँ
काठमाडौँ । नेकपा एमालेका सचिव तथा काठमाडौं क्षेत्र नं ४ का उम्मेदवार डा. राजन भट्टराईले आगामी दिनमा यो क्षेत्रबाट चुनाव नलड्ने घोषणा गरेका छन् ।
३ पटक यो क्षेत्रमा पराजयको सँघारमा पुगेपछि भट्टराईले सामाजिक सञ्जालमार्फत यस्तो निर्णय सार्वजनिक गरेका हुन् ।
काठमाडौं–४ मा भट्टराईले पराजयको ‘ह्याट्रिक’ पूरा गर्ने पक्का देखिएका छन् । उनी २०७४ र २०७९ को निर्वाचनमा पनि सोही क्षेत्रबाट पराजित भएका थिए । २०७४ र २०७९ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापासँग पराजित भएका भट्टराई यसपटक पनि जनमत आफ्नो पक्षमा पार्न असफल भए ।
भट्टराईले निर्वाचनको परिणामलाई लोकतान्त्रिक अभ्यासको रूपमा स्वीकार गर्दै विजयी उम्मेदवारलाई बधाई दिएका छन् । उनले लेखेका छन्, ‘लोकतान्त्रिक यात्रामा जनअभिमत नै अन्तिम र सर्वोच्च हुन्छ भन्ने मान्यतालाई आत्मसात् गर्दै यस निर्वाचनको परिणामलाई पूर्ण सम्मानका साथ स्वीकार गर्दछु ।’
उनले भनेका छन्, ‘मेरो व्यक्तिगत निर्णयस म यस क्षेत्रबाट आगामी कुनै पनि निर्वाचनमा उम्मेदवार नबन्ने पनि यसै समयमा यहाँहरूलाई जानकारी गराउन चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण