विजयी र्यालीमा रास्वपाको ब्रेक
सारांश
- रास्वपाका उपसभापति डीपी अर्यालले विजयी उम्मेदवारलाई उत्सव नमनाउन आग्रह गरेका छन्।
- उनले जनताले काम गर्न म्यान्डेट दिएको भन्दै र्याली नगर्न आग्रह गरे।
- पार्टीले राजनीतिक परिवर्तन र जनताको विश्वास जोगाउन कामलाई प्राथमिकता दिने जनाएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले आफ्ना उम्मेदवारलाई जितपछि कुनै पनि प्रकारको विजय उत्सव नमनाउन अपिल गरेका छन् । संघीय निर्वाचन सम्पादन समितिका संयोजक समेत रहेका अर्यालले विजयी भएका वा हुने क्रममा रहेका उम्मेदवारलाई अबिर जात्रा, र्याली र फूलमाला जस्ता तामझाम नगर्न आग्रह गरेका हुन् ।
यो समय खुसीयाली मनाउनेभन्दा पनि काम गर्ने बेला भएको उनले शुक्रबार एक भिडियो सन्देशमा बताए । 'जनताले हामीलाई काम गर्नका लागि म्यान्डेट दिएका हुन्, र्याली निकाल्न होइन,' अर्यालले भने ।
पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेताहरूको समेत सहमतिमा यस्तो निर्णय गरिएको उनले जानकारी दिए । अर्यालले मतदातालाई धन्यवाद दिन पछि घरदैलोमा पुग्ने भए पनि अहिलेका लागि कुनै पनि र्याली वा बाजागाजा नगर्न र मतगणना स्थलमा धन्यवाद दिएर मात्र कार्यक्षेत्रमा जान अपिल गरेका छन् । अहिलेको राजनीतिक परिवर्तन र जनताको विश्वासलाई जोगाउन तामझामभन्दा काम नै मुख्य हुने रास्वपाको ठहर छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण