पराजय व्यहोरेपछि कांग्रेस महामन्त्री पौडेलले लेखे–सुख दुःखमा निरन्तर साथमै रहनेछु
शनिबार, २३ फागुन २०८२, ०९ : ०८
सारांश
- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेललाई काठमाडौं-५ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेलले पराजित गरे।
- निर्वाचनमा पोखरेलले ३०,७३७ मत प्राप्त गरे भने पौडेलले ९,१५९ मत प्राप्त गरे।
- पौडेलले फेसबुकमार्फत पोखरेललाई बधाई दिँदै काठमाडौं-५ का जनताको सुखदुःखमा साथ दिने प्रतिबद्धता व्यक्त गरे।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आफूलाई पराजित गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेललाई बधाई दिएका छन् ।
काठमाडौँ–५ मा पौडेललाई पराजित गर्दै पोखरेल निर्वाचित भएका थिए ।
पोखरेलले ३० हजार ७३७ मत ल्याएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी बनेका पौडेलले ९ हजार १५९ मत ल्याएका थिए ।
शनिबार बिहान सामाजिक सञ्जाल फेसबुकमा पौडेलले पराजित भए पनि काठमाडौँ–५ का जनताको सुख दुःखमा साथ दिने लेखेका छन् । ‘काठमाडौँ ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित हुनुभएकोमा सस्मित पोखरेलजीलाई हार्दिक बधाई,’ पौडेलले लेखेका छन्, ‘यस यात्रामा मलाई मत तथा साथ दिनुहुने तपाईँ सबैप्रति कृतज्ञ छु । तपाईंको सुख अनि दुःखमा निरन्तर साथमै रहनेछु ।’
लोकतान्त्रिक प्रक्रियामा सहभागी हुनु हुने सबैलाई धन्यवाद दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण