प्रतिनिधिसभा निर्वाचन
चितवन– ३ मा रास्वपाकी सोविता गौतम विजयी
शनिबार, २३ फागुन २०८२, १४ : ५८
सारांश
- चितवन क्षेत्र नं. ३ मा रास्वपाकी सोविता गौतम विजयी भइन्।
- उनले निकटतम प्रतिस्पर्धी रेणु दाहाललाई पराजित गरिन्।
- गौतमले ५९ हजार २ सय ७७ मत ल्याएर जित हासिल गरिन्, भने दाहालले २० हजार ६ सय १५ मत प्राप्त गरिन्।
काठमाडौँ । चितवन क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार सोविता गौतम विजयी भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेणु दाहाललाई पछि पर्दै जित हासिल गरेकी हुन् ।
सोविता गौतमले अहिलेसम्मकै सर्वाधिक मतको जित निकालेकी छन् । गौतमले ५९ हजार २ सय ७७ मत ल्याएर जित हात पारेकी हुन् । दाहालले भने २० हजार ६ सय १५ मत ल्याइन् ।
गौतम र दाहाल बिचको मतान्तर ३८ हजार ६ सय ६२ रहेको छ । गौतमलाई रेणुले सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस पोस्ट गर्दै सोवितालाई शुभकामना दिएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण