बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

इन्गेज्ड ! : निकसँग विवाहका लागि प्रियंकाले छाडिन् सलमानको फिल्म

शुक्रबार, ११ साउन २०७५, १६ : १६
शुक्रबार, ११ साउन २०७५

एजेन्सी । सन् २०१६ मा जय गंगाजलपछि प्रियंका चोपडाले बलिउडमा काम गर्न छाडेकी छिन् ।

पछिल्लो समय सलमान खानको भारतबाट प्रियंकाले बलिउडमा कमब्याक गर्ने बताइएको थियो । 

यसका लागि उनले १२ करोड भारुको पारिश्रमिक माग गरेको पनि खबर आएको थियो । 

तर, अहिले उनले यो चलचित्र छाडेकी छिन् । प्रियंकाले बुधबार भारतको युनिटलाई आफ्नो फैसला सुनाएर अचम्मित बनाएकी थिइन् । 

उनले चलचित्र छाड्नुको कारण भनेको उनले निक जोनससँग चाँडै विवाह गर्दै छिन् ।

विशेष कारण 
भारतका निर्देशक अली अब्बास जफरले शुक्रबार एक ट्वीट गर्दै प्रियंकाले फिल्म छाडेको कुरा पुष्टि गरे । अलीले प्रियंकाले विवाह गर्न लागेको कुरा पनि खुलाए । 

मिडिया रिपोर्टका अनुसार गत हप्ता जोनसले प्रियंकाको लण्डनमा मनाइएको ३६ औँ जन्मदिनमा विवाहको प्रस्ताव गरेका थिए ।

२५ वर्षीय जोनस र प्रियंका सन् २०१७ मा मेट गालाका दौरान सँगै देखिएका थिए । गत मेबाट मात्र उनीहरु एक अर्कालाई डेट गर्न शुरु गरेका थिए ।

डेली मेलका अनुसार निकले न्युयोर्कको टिफानी स्टोरमा पुगेर प्रियंकाको लागि इन्गेजमेन्ट औँठी खरिद गरेका थिए ।

गत जुनमा निक र प्रियंका भारत आएर प्रियंकाकी आमा मधुलाई भेट गरेका थिए ।

प्रियांकाकी आन्टी कामिनी चोपडा हान्डाले बुधबार आफू प्रियंकाको घरमा नै भएको र उनको निर्णयबाट आफू निकै खुसी भएको बताइन् । उनले चाँडै विवाहको मिति घोषणा गरिने बताइन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप