जनमत पार्टीका अध्यक्ष सीके राउतलाई स्तब्ध तुल्याउँदै रास्वपाका यादव निर्वाचित
आइतबार, २४ फागुन २०८२, १४ : ००
राजविराज । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत सप्तरी क्षेत्र नम्बर ३ मा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई स्तब्ध तुल्याउँदै रास्वपाका रामजी यादव निर्वाचित भएका छन् ।
सो क्षेत्रमा जनमत पार्टीका अध्यक्ष राउत तेस्रो स्थानमा रहे । रास्वपाका यादव २८ हजार ४०४ मतसहित निर्वाचित हुँदा जसपा नेपालका उमेश कुमार यादव १४ हजार २६३ मत प्राप्त गर्दै दोस्रो स्थानमा रहे । जनमत पार्टीका राउत भने ९ हजार ८८० मतसहित तेस्रो रहे ।
चौथो स्थानामा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह रहे । स्वाभिमान पार्टीका उम्मेदवार सिंहले ३ हजार ५५७ मत प्राप्त गरे । यसअघि उनी जनमत पार्टीबाटै प्रदेश सभामा निर्वाचित भएर मधेस प्रदेशको मुख्यमन्त्री बनेका थिए ।
नेपाली कांग्रेसका रामकुमार यादवले दुई हजार ४९८ मत प्राप्त गरे ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण