चुनावी खर्च बाट बचेको १ लाख रकम सिञ्जा १ को विद्युत् मर्मतमा खर्च
सारांश
- प्रतिनिधिसभा सदस्य उम्मेदवार मनऋषि धितालले निर्वाचन खर्चबाट बचेको रकमले जुम्लाको जाँच गाउँमा विद्युत् मर्मतका लागि सहयोग गरे।
- उनले चुनावको खर्च जुटाउन किताब बेचेका थिए र बचेको १ लाख ५० हजार रुपैयाँ विद्युत् मर्मतमा खर्च गरे।
- विद्युत् सेवा नियमित नहुँदा स्थानीय बासिन्दाको दैनिक जीवन, बालबालिकाको पढाइ र साना व्यवसाय प्रभावित भएका थिए।
- काली बहादुर परियार
जुम्ला । प्रगतिशील लोकतान्त्रिक पार्टीका प्रतिनिधिसभा सदस्यका उम्मेदवार मनऋषि धितालले चुनावी खर्चबाट बचेको रकम सामाजिक कार्यमा प्रयोग गर्दै उदाहरणीय काम गरेका छन् । उनले निर्वाचनका क्रममा बचत भएको १ लाख ५० हजार रुपैयाँ जुम्लाको सिञ्जा गाउँपालिका–१ स्थित जाँच गाउँमा विद्युत् मर्मतका लागि सहयोग गरेका हुन् ।
चुनावको खर्च जुटाउन धितालले किताब बेच्ने काम गरेका थिए । किताब बेचेरर सङ्कलन गरेको रकम धितालले चुनाव खर्चमा लगानी गरेका थिए । उक्त सङ्कलित रकम चुनाव खर्चबाट बचेको १ लाख ५० हजार रकम विद्युत् मर्मतका लागि सहयोग गरेका हुन् ।
केही हप्ता देखि जाँच गाउँमा विद्युत् आपूर्तिमा समस्या देखिँदै आएको थियो । विद्युत्काे इन्जिनमा समस्या रहेको हुँदा सहयोग गरेको धितालको भनाइ छ । सिञ्जा गाउँपालिका १ जाँच गाउँको कुइरी मारे डापकान लघु जलविद्धुत आयोजनाको विद्युत् गृहको इन्जिनमा समस्या हल गर्न सहयोग रहेको बताए ।
समस्यालाई मध्यनजर गर्दै धितालले चुनावी खर्चबाट बचेको रकम विद्युत् मर्मतका लागि प्रदान गरेको बताए । उनका अनुसार चुनावका क्रममा खर्चका लागि राखिएको रकम सबै खर्च नभएपछि त्यसलाई अनावश्यक रूपमा खर्च गर्नु भन्दा जनताको प्रत्यक्ष आवश्यकता पूरा हुने क्षेत्रमा प्रयोग गर्नु उचित ठानेको बताए।
चुनावका बेला खर्चका लागि राखिएको रकम सबै प्रयोग भएन । बाँकी रहेको पैसा अनावश्यक काममा खर्च गर्नु भन्दा जाँच गाउँमा उज्यालो ल्याउने काममा सहयोग गर्नुपर्छ भन्ने लागेकाले सहयोग गरेको बताए ।
धितालले प्रदान गरेको सहयोग रकम गाउँमा बिग्रिएका विद्युत् लाइन, तार तथा अन्य संरचना मर्मत गर्न प्रयोग गरिने कुइरी मारे डापकान लघु जलबिद्धुत आयाेजनाका अध्यक्ष भक्त बहादुर नेपालले जानकारी दिए । उनका अनुसार, हप्ता दिनदेखि इन्जिनमा केही समस्या आएको हुनाले विद्युत् आपूर्तिमा समस्या रहेको बताए ।
धितालले गरेको सहयोगले गाउँमा हप्ता दिनदेखि देखिएको विद्युत् समस्याको समाधान गर्न मद्दत पुग्ने अपेक्षा गरिएको हमालको भनाइ छ । अध्यक्ष हमालले धितालको पहललाई सकारात्मक रूपमा लिएका बताए । चुनाव सकिए पछि पनि जनताको समस्या र आवश्यकता प्रति ध्यान दिएको भन्दै धितालको कार्य प्रशंसा योग्य रहेको उनले बताए ।
उनका अनुसार विद्युत् सेवा नियमित नहुँदा घरायसी कामकाज, बालबालिकाको पढाइ र साना व्यवसायमा समेत असर परेको थियो । आफूहरूले धेरै पटक मर्मतका लागि पहल गरे पनि वडा सरकार र गाउँपालिका सरकारले वास्ता नगरेको बेला धितालले ठुलो गुन लाएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण