थलापति विजयसँग तृषाको नाम जोडिएपछि विवाद
हैदराबाद । साउथ फिल्म उद्योगकी चर्चित अभिनेत्री तृषा कृष्णन र अभिनेता थलापति विजयको प्रेम सम्बन्धलाई लिएर पछिल्लो समय सामाजिक सञ्जाल तातिएको छ। विजयको वैवाहिक जीवनमा समस्या आएको र उनी तृषासँग नजिकिएको चर्चाका बिच हालै एक वैवाहिक समारोहमा दुवै जना सँगै देखिएपछि विवाद झनै चुलिएको हो।
यसै क्रममा फिल्ममेकर आर. पार्थिबनले तृषाका बारेमा दिएको विवादास्पद अभिव्यक्तिको अभिनेत्रीले कडा शब्दमा प्रतिवाद गरेकी छन्। बाफ्टा अवार्डमा सहभागी हुन पुगेका पार्थिबनलाई तृषाको तस्बिर देखाउँदै प्रश्न सोधिएको थियो।
विजयसँगको भाइरल तस्बिरमाथि व्यङ्ग्य गर्दै उनले तृषालाई केही दिन घरभित्रै राख्नुपर्ने र उनी बाहिर ननिस्किए धेरै समस्या समाधान हुने बताएका थिए। पार्थिबनको यो टिप्पणी सार्वजनिक भएलगत्तै तृषाले आफ्नो आधिकारिक एक्स खातामार्फत कसैको नाम नलिई जवाफ फर्काएकी छन्।
तृषाले लेखेकी छन्, ‘माइकमा बोल्दैमा कुनै कुरा बुद्धिमानी वा रमाइलो हुँदैन, बरु त्यसले मूर्खतालाई चर्को स्वरमा सुनाउँछ। बिना जानकारी बोलिएका नराम्रा कुराले सुन्नेलाई भन्दा बोल्ने व्यक्तिको चरित्रका बारेमा बढी बताउँछ।’
उनले आयोजकले आफ्नो तस्बिर र नाम अन्तिम समयमा कसैको अनुरोधमा राखिएको जानकारी दिएको समेत उल्लेख गरेकी छन्। तृषाको प्रतिक्रिया र सामाजिक सञ्जालमा उनको पक्षमा समर्थन बढेपछि फिल्ममेकर पार्थिबनले अन्ततः माफी मागेका छन्।
उनले आफ्नो पोस्टमार्फत सबै कुरा गलत भएको स्वीकार गर्दै पछुताउनुको विकल्प नरहेको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण