इजरायलमा इरानी मिसाइल आक्रमण, १ जनाको मृत्यु
मर्नेको सङ्ख्या ११ पुग्यो
सोमबार, २५ फागुन २०८२, १६ : ३२
सारांश
- इरानको मिसाइल आक्रमणमा इजरायलमा १ जनाको मृत्यु भएको छ।
- इजरायलको येहुद क्षेत्रमा मिसाइल खसेपछि एक जना गम्भीर घाइते भएका छन्।
- यस घटनासँगै युद्ध सुरु भएयता इजरायलमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ।
तेल अभिभ । इरानबाट गरिएको मिसाइल आक्रमणमा इजरायलमा १ जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् । इजरायलको मध्य क्षेत्रस्थित येहुद क्षेत्रमा मिसाइल खसेपछि उक्त घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन् । यस घटनासँगै युद्ध सुरु भएयता इजरायलमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।
इजरायली उद्धार सेवाका अनुसार ३० वर्षीय एक पुरुष छर्रा लागेर गम्भीर घाइते भएका छन् । उद्धार टोलीले उनलाई घटनास्थलमै प्राथमिक उपचार प्रदान गरेको जनाएको छ ।
यसअघि इरानबाट इजरायलतर्फ नयाँ मिसाइल लहर प्रहार भएको इजरायली सेनाले जनाएको थियो । त्यसपछि देशका विभिन्न क्षेत्रमा साइरन बजाइएको र नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण