एन्फाको साधारण सभा र निर्वाचन स्थगित गर्न राखेपको निर्देशन
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई प्रस्तावित साधारण सभा (अर्डिनरी कंग्रेस) तथा निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया स्थगित गर्न निर्देशन दिएको छ ।
राखेपले पत्रमार्फत एन्फालाई साधारण सभा तथा निर्वाचनसम्बन्धी प्रक्रिया परिषद्को स्वीकृति नलिइ अगाडि बढाइएको भन्दै तत्काल रोक्न अनुरोध गरेको हो । परिषद्ले एन्फाको प्रस्तावित साधारण सभा र निर्वाचनसम्बन्धी गतिविधि राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ तथा राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ अनुसार परिषद्को स्वीकृति बिना अघि बढाउन नमिल्ने जनाएको छ ।
पत्रमा एन्फाले परिषद्को निर्देशनको अवज्ञा गरी साधारण सभा र निर्वाचनसम्बन्धी कार्य अगाडि बढाएमा अन्तर्राष्ट्रिय स्तरमा समेत देशको प्रतिष्ठा र फुटबल खेलको विकासमा नकारात्मक असर पर्ने उल्लेख गरिएको छ ।
राखेपले एन्फालाई परिषद्को स्वीकृति नआएसम्म साधारण सभा (अर्डिनरी कंग्रेस) तथा निर्वाचनसम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्न निर्देशन दिएको हो।
उक्त पत्र संघ संस्था समन्वय शाखाका प्रमुख चन्द्र कुमार राईले हस्ताक्षर गरी पठाएका हुन्। पत्रको बोधार्थ युवा तथा खेलकुद मन्त्रालय लगायत सम्बन्धित विभागलाई पनि पठाइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण