देशका विभिन्न स्थानमा सवारी दुर्घटना, चार जनाले ज्यान गुमाए
सारांश
- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ।
- पर्सामा कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने धनुषामा दुई ट्याक्टर दुर्घटनामा दुई युवाको ज्यान गएको छ।
- सुर्खेतमा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ र प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ। पर्सा, धनुषा र सुर्खेतमा भएका यी दुर्घटनामा परेर ज्यान गुमाउनेहरूमा सवारी चालकदेखि पैदलयात्रीसम्म रहेका छन्।
पर्साको सखुवाप्रसौनी गाउँपालिका-५ महुवनमा सोमबार राति बीआर ०५ बिएल ०६४५ नम्बरको भारतीय कार अनियन्त्रित भई दुर्घटना हुँदा चालक हरिन्द्र साह तेलीको मृत्यु भएको छ। बहुदरमाई नगरपालिका-१ घर भएका २३ वर्षीय तेलीको वीरगन्जस्थित न्युरो अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो। सोही दुर्घटनामा घाइते भएका कारमा सवार अर्का एक व्यक्तिको पनि सोही अस्पतालमा उपचार भइरहेको छ।
यसैगरी धनुषामा भएका दुई छुट्टाछुट्टै ट्याक्टर दुर्घटनामा दुई युवाले ज्यान गुमाएका छन्। मिथिला नगरपालिका-२ सुकजोर टोलमा ज.१ त ९४०४ नम्बरको ट्याक्टरले किचेर २० वर्षीय मनिस राउतको मृत्यु भएको छ। जानकी मेडिकल कलेजमा उपचारका क्रममा उनको ज्यान गएको हो भने प्रहरीले ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ।
धनुषाकै गणेशमान चारनाथ नगरपालिकामा अर्को ट्याक्टरबाट खसेर २७ वर्षीय उपिन्द्र सदाको घटनास्थलमै मृत्यु भएको छ। घटनापछि ट्याक्टर र चालक फरार रहेकाले प्रहरीले खोजी कार्य तीव्र पारेको छ।
उता सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-११ मा क.प्र. ०२-००१ क ०१३६ नम्बरको टिपर दुर्घटना हुँदा ३३ वर्षीय चालक रुद्र बहादुर शाहीको मृत्यु भएको छ। सोमबार राति टिपर अनियन्त्रित भई सडकमा पल्टिँदा गम्भीर घाइते भएका शाहीको नेपालगन्ज मेडिकल कलेजमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो।
प्रहरीका अनुसार यी सबै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण