ब्राजिलियन फुटबलमा लज्जास्पद दृश्य, फाइनल खेलमा २३ खेलाडीलाई रातो कार्ड
सारांश
- क्रुजेरोले एथ्लेटिको मिनेइरोलाई हराएर क्यापेनाटो मिनेइरोको उपाधि जित्यो, तर खेलमा खेलाडीबीच झडप भयो।
- एथ्लेटिकोका गोलकिपरले क्रुजेरोका खेलाडीलाई धक्का दिएपछि दुवै टोलीका खेलाडीबीच हात हालाहाल भयो।
- खेलपछि रेफ्रीले २३ जना खेलाडीलाई रातो कार्ड दिए, जसमा हल्क र जर्ज पनि परेका थिए।
बेलो होरिजोन्टे । ब्राजिलको क्यापेनाटो मिनेइरोको फाइनलमा खेल मैदान नभई कुस्तीको रिङ जस्तो देखिन पुग्यो। पूर्व ब्राजिलियन प्रशिक्षक टिटेको नेतृत्वमा रहेको क्रुजेरोले एथ्लेटिको मिनेइरोलाई १–० ले हराउँदै सन् २०१९ पछि पहिलो पटक उपाधि त जित्यो, तर उक्त जितलाई खेलको अन्त्यतिर भएको गम्भीर मुठभेडले छायामा पारिदियो।
कायो जर्जले निर्णायक गोल गरेर टोलीलाई च्याम्पियन बनाएको केही बेरमै मैदानमा दुई टोलीका खेलाडीबिच ठूलो झगडा सुरु भएको थियो।
तनावको सुरुवात तब भयो जब एथ्लेटिकोका गोलकिपर एभर्सनले क्रुजेरोका मिडफिल्डर क्रिस्चियनलाई धक्का दिएर भुईँमा लडाए र उनको छातीमा घुँडाले थिचे।
बल पछ्याउने क्रममा क्रिस्चियन आफूसँग ठोक्किएको रिसमा एभर्सनले त्यस्तो व्यवहार गरेपछि क्रुजेरोका अन्य खेलाडीहरू आफ्नो साथीको बचाउमा उत्रिएका थिए। त्यसपछि दुवै टोलीका खेलाडी र बेन्चमा रहेका सदस्यहरू समेत मैदानमा पसेर हात हालाहालमा उत्रिएका थिए।
स्थिति नियन्त्रण बाहिर गएपछि मैदानमा रहेका सुरक्षाकर्मी र सैन्य प्रहरीले खेलाडीहरूलाई छुट्ट्याउनु परेको थियो।
खेलका दौरान रेफ्री माथियस डेल्गाडो कान्डाकनले कसैलाई पनि कार्ड देखाउन सकेका थिएनन्, किनकि मैदानको वातावरण निकै भद्रगोल र हिंसात्मक थियो। तर ब्राजिलियन सञ्चारमाध्यम ग्लोबोका अनुसार रेफ्रीले पछि आफ्नो प्रतिवेदनमा २३ जना खेलाडीलाई रातो कार्ड दिइएको उल्लेख गरेका छन्।
कार्ड पाउनेहरूमा क्रुजेरोका गोलकर्ता जर्जसहित १२ जना र एथ्लेटिको मिनेइरोका पूर्व ब्राजिलियन फरवार्ड हल्क र रेनान लोडीसहित ११ जना खेलाडी रहेका छन्।
यस घटनालाई लिएर एथ्लेटिकोका स्टार खेलाडी हल्कले दुःख व्यक्त गरेका छन्। उनले यस्तो उदाहरणले विश्वभर खराब सन्देश जाने भन्दै खेलाडीहरूले आफ्नो र क्लबको छविको रक्षा गर्न जिम्मेवार हुनुपर्ने बताएका छन्।
सिनियर फुटबलको इतिहासमा सबैभन्दा धेरै रातो कार्ड दिइएको यो दोस्रो ठूलो घटना हो। यसअघि सन् २०११ मा अर्जेन्टिनाको पाँचौँ डिभिजनको खेलमा ३६ जनालाई रातो कार्ड दिइएको कीर्तिमान छ। हाल ब्राजिलको शीर्ष डिभिजनमा यी दुवै टोलीको प्रदर्शन भने निकै कमजोर देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण