बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
च्याम्पियन्स लिग

एटलान्टाको मैदानमा बार्यनको आधा दर्जन गोल

बुधबार, २७ फागुन २०८२, ०४ : १७
बुधबार, २७ फागुन २०८२

सारांश

  • बार्यन म्युनिखले च्याम्पियन्स लिगमा एटलान्टालाई ६-१ गोलले पराजित गर्यो।
  • खेलमा बार्यनका खेलाडी माइकल ओलिसेले दुई गोल गरे भने अन्य खेलाडीले पनि गोल गरे।
  • जितसँगै बार्यन म्युनिखले क्वार्टरफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ।

काठमाडाैँ। च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा जर्मन जायन्ट बार्यन म्युनिखले इटालियन टोली एटलान्टामाथि ६–१ को फराकिलो र सानदार जित दर्ता गरेको छ ।

एटलान्टाको घरेलु मैदानमा भएको खेलमा बार्यनले सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्दै गोलको वर्षा गरेको थियो । बार्यनका लागि माइकल ओलिसेले दुई गोल गरे भने जोसिप स्टानिसिच, सर्ज ग्याब्री, निकोलस ज्याक्सन र जमाल मुसिएलाले एक–एक गोल थपे ।

खेलको १२ औँ मिनेटमा जोसिप स्टानिसिचको गोलबाट अग्रता लिएको बार्यनका लागि २२ औँ मिनेटमा माइकल ओलिसे र २५ औँ मिनेटमा सर्ज ग्याब्रीले गोल गर्दै पहिलो हाफमै टोलीलाई ३–० को स्थितिमा पुर्‍याएका थिए । दोस्रो हाफमा पनि बार्यनको लय रोकिएन । ५२ औँ मिनेटमा निकोलस ज्याक्सनले चौथो गोल गरे भने ६४ औँ मिनेटमा ओलिसेले व्यक्तिगत दोस्रो गोल गर्दै स्कोर ५–० बनाए । ६७ औँ मिनेटमा जमाल मुसिएलाले छैटौँ गोल थपेपछि बार्यन पूर्ण रूपमा हाबी भयो ।

खेलको अन्तिम समयमा एटलान्टाका मारियो पासालिचले एक सान्त्वना गोल फर्काए पनि त्यो हार टार्न पर्याप्त भएन । यो विशाल जितसँगै बार्यन म्युनिखले दोस्रो लेग अघि नै क्वार्टरफाइनल प्रवेशको सम्भावनालाई बलियो बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप