निर्वाचनमा अप्रत्यासित हार व्यहोरेपछि विशेष महाधिवेशनको औचित्य सकियो : जीतजंग बस्नेत
सारांश
- नेपाली कांग्रेस नेता जीतजंग बस्नेतले विशेष महाधिवेशनको औचित्य सकिएको बताए ।
- उनले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अस्वभाविक पराजय व्यहोरेको बताए ।
- बस्नेतले अब कांग्रेसलाई रिभाइभ गर्न नियमित महाधिवेशन गर्नुपर्ने बताए ।
काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा राष्ट्रियसभा सदस्य जीतजंग बस्नेतले पार्टीमा गरिएको विशेष महाधिवेशनका औचित्य सकिएको बताएका छन् ।
बुधबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै बस्नेतले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले अस्वभाविक पराजय व्यहोरेकाले विशेष महाधिवेशनको औचित्य सकिएको बताएका हुन् ।
उनले कांग्रेसलाई पुनः ‘रिभाइभ गर्नुपर्ने बताए । प्रतिनिधिसभा निर्वाचनमा पार्टीले नजिकिएका बेलामा पार्टीको विशेष महाधिवेशन गरेकाले निर्वाचनमा कांग्रेसले यस्तो अवस्था भोग्नुपरेको उनको भनाइ छ ।
‘पार्टीले निर्वाचनमा अप्रत्यासित हार व्यहोर्यो । यसले विशेष महाधिवेशनको औचित्य सकियो,’ बस्नेतले भने, ‘अब कांग्रेसलाई रिभाइभ गर्नका लागि नियमित महाधिवेशन गरेर अगाडि बढनुपर्छ । कांग्रेस रिभाइभ हुन्छ ।’
विशेष महाधिवेशनबाट सभापति बनेका गगन थापाले नैतिकताका आधारमा राजिनामा दिनुपर्ने भए पनि नदिनका लागि ‘मिडिया ट्रायल’ गरिरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण