उपाध्यक्षको घरमा काम गर्ने बालिका मृत फेला
सारांश
- सुनसरीको देवानगंज गाउँपालिकाकी उपाध्यक्षको घरमा काम गर्ने १४ वर्षीया बालिका झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन्।
- प्रहरीका अनुसार, बालिकाले घरको दोस्रो तल्लाको ढोकामा सलको पासो लगाएर आत्महत्या गरेकी थिइन्।
- घटनास्थलमा प्रहरीले अनुसन्धान सुरु गरेको छ र शवलाई पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।
इनरुवा । सुनसरीको देवानगंज गाउँपालिकाकी उपाध्यक्ष बिभा कुमारी यादवको घरमा काम गर्ने एक १४ वर्षीया बालिका मृत फेला परेकी छिन्।
देवानगंज गाउँपालिका वडा नं. २ स्थित उपाध्यक्ष यादवको घरमा विगत केही समयदेखि घरेलु कामदारका रूपमा कार्यरत सम्झना कुमारी खत्वे झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार दिउँसो अन्दाजी ३ बजेतिर स्थानीय शिवदयाल खत्वेकी १४ वर्षीया छोरी सम्झना कुमारी खत्वेले घरको दोस्रो तल्ला छिर्ने ढोकाको काठको बलोमा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
घटनाबारे इलाका प्रहरी कार्यालय देवानगंजमा जानकारी प्राप्त भए लगत्तै प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको थियो । सुनसरी प्रहरीका अनुसार घटनास्थलमा प्रहरी टोली खटिएर प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरेको छ।
मृतक बालिकाको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल इनरुवा पठाइएको प्रहरीले जानकारी दिएको छ । मृतकका आफन्त र परिवारले घटनाको निष्पक्ष छानविनको माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण