मध्यपूर्व युद्धका कारण हजारौँ बालबालिकामा गम्भीर असर : युनिसेफ
सारांश
- युनिसेफले मध्यपूर्वमा युद्धका कारण बालबालिकामा गम्भीर असर परेको चेतावनी दिएको छ।
- इरानमाथि अमेरिकी-इजरायली आक्रमणपछि १ हजार १ सयभन्दा बढी बालबालिका मारिए वा घाइते भए।
- युनिसेफले युद्ध तत्काल रोक्न र बालबालिकालाई कम क्षति हुने गरी युद्धका तरिका अपनाउन आग्रह गरेको छ।
न्यूयोर्क । मध्यपूर्वमा जारी युद्धका कारण हजारौँ बालबालिकामा गम्भीर असरमा परेको चेतावनी संयुक्त राष्ट्रसङ्घ अन्तर्गतको बालबालिकासम्बन्धी संस्था युनिसेफले दिएको छ ।
युनिसेफले जारी गरेको विज्ञप्ति अनुसार फेब्रुअरी २८ मा इरानमाथि अमेरिकी–इजरायली आक्रमणपछि हालसम्म मारिने र घाइते हुने बालबालिकाकाे संख्या १ हजार १ सयभन्दा बढी पुगेकाे छ । संस्थाले याे अवस्थालाई साे क्षेत्रका लाखौँ बालबालिकाका लागि विनाशकारी भन्दै चिन्ता व्यक्त गरेको छ ।
युनिसेफका अनुसार मृत्यु हुने बालबालिकामध्ये इरानमा २००, लेबनानमा ९१, इजरायलमा ४ र कुवेतमा १ जना रहेको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ । संस्थाले बालबालिकामाथि भइरहेको हिंसाप्रति गम्भीर आपत्ति जनाउँदै बालबालिकाको हत्या वा उनीहरूलाई अपाङ्ग बनाउने कुनै पनि कार्यको औचित्य हुन नसक्ने भनेको छ ।
साथै, युद्धका कारण बालबालिकाले निर्भर गर्ने स्वास्थ्य, शिक्षा र आधारभूत सेवाहरू पनि ध्वस्त हुँदै गएको चेतावनी पनि विज्ञप्तिमा दिइएको छ ।
युनिसेफले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गरेको आग्रह दोहोर्याउँदै युद्ध तत्काल रोक्न र कूटनीतिक वार्तामार्फत समाधान खोज्न सबै पक्षलाई आह्वान गरेको छ ।
युद्धमा संलग्न पक्षलाई सामान्य नागरिक, विशेषगरी बालबालिकालाई कम क्षति हुने गरी युद्धका तरिका अपनाउन र बालबालिकामा असमान रूपमा असर गर्ने विस्फोटक हतियार प्रयोग नगर्न पनि आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
-
अभिनेता अमिताभ बच्चन अस्पताल भर्ना
-
प्रदेशमा प्रमुख ३ दल मिलेर सरकार बनाउन नहुने कांग्रेसको बटमलाइन
-
चौतर्फी विरोधपछि ३ प्रतिशत स्वास्थ्य र शिक्षा समता शुल्कबाट पछि हट्यो सरकार
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण