बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भालभेर्डे : हरेक भूमिकामा अब्बल खेलाडी

बिहीबार, २८ फागुन २०८२, १३ : ०६
बिहीबार, २८ फागुन २०८२

सारांश

  • भालभेर्डे रियल मड्रिडका भरपर्दा खेलाडी हुन्, जसले विभिन्न भूमिकामा उत्कृष्ट प्रदर्शन गर्छन्।
  • उनले सेल्टा भिगो विरुद्धको खेलमा निर्णायक गोल गरे र टिमलाई जित दिलाए।
  • उनले सिनियर करियरको पहिलो ह्याट्रिक गर्दै रियल मड्रिडलाई क्वार्टर फाइनलको नजिक पुर्याए।

काठमाडौँ । भालभेर्डे रियल मड्रिडका लागि सधैँ हेडलाइनमा नआउलान्, तर उनी टिमका धेरै भूमिकामा खेल्न सक्ने र भरपर्दा खेलाडी हुन् भन्नेमा कुनै शङ्का छैन । बुधबार राति भने उनी चर्चामा आए र त्यसको हकदार पनि थिए ।

उनले ठुला खेलहरूमा उत्कृष्ट प्रदर्शन गरेको यो पहिलो पटक होइन । गत शुक्रबार मात्रै, सेल्टा भिगो विरुद्धको ला लिगा खेलमा, जब खेल १–१ को बराबरीमा थियो, उनले ९४ औँ मिनेटमा गोल गर्दै टिमको उपाधि जित्ने आशालाई जीवित राखेका थिए ।

यो सिजन खेलेका ३९ खेलमध्ये उनले ३७ मा सुरुबाटै खेलेका छन् । डिफेन्स र मिडफिल्ड दुवै स्थानमा खेल्न सक्ने उनको क्षमताले प्रशिक्षक अल्भारो अर्बेलोआ निकै प्रभावित छन् ।

भालभेर्डे हरेक खेलमा विपक्षीलाई दबाब दिन्छन्, बल खोस्छन् र मड्रिडको आक्रमणलाई अझै बलियो बनाउँछन् । अहिले, भालभेर्डे ड्यानी कार्भाहालपछि टिमका दोस्रो कप्तान हुन् । यसले देखाउँछ कि ड्रेसिङ रुममा उनको कति सम्मान छ र कोचिङ स्टाफले उनीमाथि कति विश्वास गर्छ ।

यो सिजन उनका लागि सजिलो भने थिएन । कार्भाहाल र अलेक्जेन्डर आर्नोल्ड सिजनको लामो समय घाइते हुँदा, उरुग्वेका यी खेलाडी मिडफिल्डमा खेल्न चाहे पनि फुल–ब्याकको भूमिका निभाउन बाध्य भए ।

सिटी विरुद्धको खेलअघि उनले भनेका थिए, ‘मैले धेरै पोजिसनमा खेलेको छु । म सधैँ आफ्नो उत्कृष्ट दिने र कोचले भनेको मान्ने प्रयास गर्छु । म अगाडि बढ्ने, विंगमा खेल्ने, डिफेन्समा खेल्ने प्रयास गर्छु । कहिलेकाहीँ मैले आफूलाई परिस्थितिअनुसार ढाल्नुपर्छ । मेरो लागि यही नै महत्त्वपूर्ण कुरा हो ।’

यद्यपि, भालभेर्डेले विंग्समा उत्कृष्ट लय समातेकोमा कुनै शङ्का छैन र अलेक्जेन्डर–आर्नोल्ड र कार्भाहाल टिममा फर्किएपछि उनीहरूको तालमेल गज्जबको देखिएको छ ।

मंगलबार उनले मिडियासँग फ्यानहरूलाई खुसी र गर्व गराउन चाहन्छु भनेका थिए । आफ्नो सिनियर करियरको पहिलो ह्याट्रिक गर्दै उनले भनेको कुरा पूरा पनि गरे, जसले रियल मड्रिलाई क्वार्टर–फाइनलको निकै नजिक पुऱ्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप