आईपीएल २०२६ मा धोनीले पूरै सिजन खेल्ने पक्का
सारांश
- महेंद्र सिंह धोनीले आईपीएल २०२६ को सिजन खेल्ने भएका छन्, चेन्नई सुपर किंग्सका सीईओले पुष्टि गरे।
- धोनीले सिजनको लागि तयारी सुरु गरिसकेका छन्, तर उनको भूमिका कोचिङ स्टाफले निर्धारण गर्नेछ।
- गत सिजनमा धोनीले कप्तानी सम्हालेका थिए, तर यसपटक गायकवाडको कप्तानीमा टोलीले पुरानो साख फर्काउने प्रयास गर्नेछ।
काठमाडाैँ । भारतीय टोलीका पूर्व कप्तान महेन्द्र सिंह धोनीले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को पूरै सिजन खेल्ने भएका छन्। चेन्नई सुपर किंग्स (सीएसके) का प्रमुख कार्यकारी अधिकृत काशी विश्वनाथनले बुधबार यसको औपचारिक पुष्टि गरेका हुन्।
४४ वर्ष पुगिसकेका धोनीले यस सिजनमा कस्तो भूमिका निभाउनेछन् भन्ने कुराको अन्तिम फैसला भने टोलीको कोचिङ स्टाफले गर्ने विश्वनाथनले स्पष्ट पारेका छन्। धोनीले यो सिजनका लागि आफ्नो तयारी निकै अगाडिदेखि सुरु गरिसकेका छन्।
मार्चको सुरुवातदेखि नै चेन्नई पुगेर टिमसँग अभ्यासमा व्यस्त रहेका धोनीले त्यसअघि नै राँचीमा नेट प्राक्टिस सुरु गरेका थिए। राजस्थान रोयल्सबाट स्टार खेलाडी संजु सामसन चेन्नईमा आबद्ध भएपछि धोनीले यसपटक कम खेल खेल्ने वा सीमित भूमिकामा मात्र देखिने अड्कलबाजी गरिएको थियो।
तर, व्यवस्थापनले धोनी पूरै सिजन उपलब्ध रहने बताएपछि समर्थकहरू उत्साहित बनेका छन्। गत सिजनमा नियमित कप्तान ऋतुराज गायकवाड घाइते भएपछि धोनीले प्रतियोगिताको बिचमै कप्तानी सम्हाल्नुपरेको थियो। यद्यपि, उक्त सिजन चेन्नईका लागि सुखद रहेन र टोली इतिहासमै पहिलो पटक अंक तालिकाको पुछारमा रहन पुग्यो।
यसपटक धोनीलाई ब्याटर, विकेटकिपर वा इम्प्याक्ट प्लेयर कुन रूपमा मैदान उतार्ने भन्ने निर्णय भने रणनीतिक आधारमा हुने बताइएको छ। गायकवाडकै कप्तानीमा चेन्नईले यस वर्ष पुरानो साख फर्काउने दाउ हेरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण