मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भारत र नेपालबिचको गतिशील सम्बन्ध थप प्रगाढ र बलियो हुँदै जानेछ : प्रवक्ता जैसवाल

बिहीबार, २८ फागुन २०८२, १७ : ०३
बिहीबार, २८ फागुन २०८२

सारांश

  • भारतीय विदेश मन्त्रालयका प्रवक्ताले भारत र नेपालबीचको सम्बन्ध बलियो हुने विश्वास व्यक्त गरे।
  • प्रधानमन्त्री मोदीले रवि लामिछाने र बालेन शाहलाई टेलिफोन गरी निर्वाचनमा सफलताको बधाई दिए।
  • मोदीले नेपाललाई भारतको निरन्तर साथ रहने र नयाँ सरकारसँग मिलेर काम गर्ने प्रतिबद्धता जनाए।

काठमाडौँ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भारत र नेपालबिच अद्वितीय र बहुआयामिक साझेदारी तथा सम्बन्ध रहेको स्मरण गराएका छन्। उनले आगामी दिन र वर्षहरुमा दुई देशबिचको यो गतिशील सम्बन्ध थप प्रगाढ र बलियो हुँदै जाने विश्वास भारतले लिएको प्रष्ट पारेका हुन्।

नयाँ दिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलन उनले नेपालमा सफलतापूर्वक सम्पन्न भएको निर्वाचनको स्वागत गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले टेलिफोन गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पार्टीका वरिष्ठ नेता बालेन शाहलाई बधाई दिएको जानकारी गराए। जैसवालका अनुसार मोदीले दुवै नेतालाई उनीहरुको व्यक्तिगत चुनावी जित र पार्टीले प्राप्त गरेको शानदार सफलताका लागि बधाई दिएका थिए।

टेलिफोन कुराकानीका क्रममा प्रधानमन्त्री मोदीले नेपालका नेताहरुलाई भारतको निरन्तर साथ रहने आश्वासन दिएका थिए। एक घनिष्ठ मित्र र छिमेकीको नाताले भारत नेपालका जनता र बन्ने नयाँ सरकारसँग नजिक रहेर काम गर्न आफ्नो प्रतिबद्धतामा अडिग रहेको मोदीले सन्देश दिएको प्रवक्ता जैसवालको जिकिर थियो । साझा शान्ति, प्रगति र समृद्धिका नयाँ उचाइहरु हासिल गर्न भारत नयाँ सरकारसँग मिलेर अघि बढ्न तयार रहेको कुरा मोदीले नेताहरुलाई सुनाएका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप