दक्षिण कोरियामा जिजु एयर दुर्घटना मामिलामा यातायात मन्त्रालयमा छापा
सारांश
- दक्षिण कोरियाको प्रहरीले घातक हवाई दुर्घटनाको अनुसन्धानको क्रममा यातायात मन्त्रालयको मुख्यालयमा छापा मारेको छ।
- सन् २०२४ को डिसेम्बरमा भएको जिजु एयरको दुर्घटनामा १८१ जनामध्ये दुई जना मात्रै बाँचेका थिए।
- राष्ट्रपतिले थप अनुसन्धानको आदेश दिएका छन्, भने पीडित परिवारले सरकारको माफी स्वीकार गरेका छैनन्।
सोल । दक्षिण कोरियाको प्रहरीले त्यहाँको यातायात मन्त्रालयको मुख्यालयमा छापा मारेको छ । दक्षिण कोरियामा भएको सबैभन्दा घातक हवाई दुर्घटनाको अनुसन्धान तीव्र हुँदै जाँदा प्रहरीले छापा मारेको हो ।
सन् २०२४ को डिसेम्बर २९ मा मुआन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा सिमेन्टको पर्खालमा ठोक्किँदा जिजु एयरको फ्लाइट नम्बर २२१६ दुर्घटनाग्रस्त भएको थियो । यस दुर्घटनामा विमानमा सवार १८१ जनामा दुई जना मात्रै बाँचेका थिए ।
बाँचेका दुई जना विमानका फ्लाइट अटेन्डेन्ट र जहाजको पुच्छरतिरको भागमा बसेका एक यात्री थिए । सोही घटनामा दक्षिण कोरियाली प्रहरीका अनुसार भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको कार्यालयमा शुक्रबार छापा मारिएको हो ।
प्रारम्भिक अनुसन्धानले विमानमा चरासँग ठोक्किएको सम्भावना देखाएको थियो । साथै रनवे नजिक रहेको कङ्क्रिटको ढिस्को संरचनाले दुर्घटनाको क्षति झन् बढाएको बताइएको छ । अनुसन्धानकर्ताहरूले दुर्घटनास्थलबाट हटाइएको भग्नावशेषको थुप्रोभित्र मानव शरीरका थप अङ्ग र पीडितका व्यक्तिगत सामान फेला पारेपछि विवाद झन् चर्किएको छ । पीडित परिवारहरूले लामो समयदेखि भग्नावशेष पुनः परीक्षण गर्न माग गर्दै आएका थिए ।
यस घटनापछि दक्षिण कोरियाका राष्ट्रपति लि येए–म्युङले बिहीबार थप अनुसन्धान गर्न आदेश दिएका थिए । उनले मानव अवशेष सङ्कलनमा भएको ढिलाइका लागि जिम्मेवार अधिकारीहरू विरुद्ध अनुशासनकाे कारबाही गर्न पनि निर्देशन दिएका छन् । सरकारको तर्फबाट मन्त्रालयले माफी मागे पनि पीडित परिवारले स्वीकार गरेका छैनन् ।
मन्त्रालयको ढिलो र अपर्याप्त माफीले पीडितलाई दोस्रो पटक मार्नुजस्तै भएको टिप्पणी परिवारका प्रतिनिधिले गरेका छन् । दुर्घटनाबारे अनुसन्धानको नतिजा यस वर्षको मध्यसम्म सार्वजनिक हुने अपेक्षा गरिएको छ । साथै संसद् र अन्य निकायहरूले पनि छुट्टाछुट्टै अनुसन्धान अघि बढाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण