बेलायतले रूसको तेलमाथिको प्रतिबन्ध नहटाउने
सारांश
- बेलायतले रूसको तेलमाथिको प्रतिबन्ध हटाउने छैन।
- अमेरिकाले समुद्रमा अलपत्र रुसी तेल खरिद गर्न अस्थायी अनुमति दिएको छ।
- बेलायती ऊर्जामन्त्रीका अनुसार प्रतिबन्ध कमजोर भए रूसले युक्रेनमा युद्ध लम्ब्याउन सक्छ।
काठमाडौँ । बेलायतले रूसको तेलमाथिको प्रतिबन्ध नहटाउने स्पष्ट पारेको छ । रूसमाथि आर्थिक प्रतिबन्ध आवश्यक रहेको भन्दै बेलायतले तेलमाथिको प्रतिबन्ध कुनै पनि हालतमा नहटाउने बताएको छ । बेलायती ऊर्जामन्त्री माइकल श्याङ्क्सले बीबीसीको ‘टुडे’ कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
यसैबिच अमेरिकाले समुन्द्रमा लोड भएर अलपत्र रहेका रूसको तेल र पेट्रोलियम उत्पादन खरिद गर्न अस्थायी अनुमति दिएको छ । यो कदम इरानसँगको बढ्दो द्वन्द्वका कारण विश्व अर्थतन्त्रमा पर्ने असर कम गर्नका लागि गरिएको बताइएको छ ।
बेलायती ऊर्जामन्त्री श्याङ्क्सले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई थप आर्थिक स्रोत उपलब्ध भएमा त्यसले युक्रेनमाथि रूसको आक्रमणलाई अझ लम्बिने दाबी गरेका छन् । प्रतिबन्ध कमजोर भएमा रूसले पाउने अतिरिक्त आय युक्रेनमाथिको युद्धमा लगानी गर्न सक्ने उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण