रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीय मारमा
सारांश
- बागलुङको रणनीतिक सडक निर्माणले गति लिन नसक्दा स्थानीयलाई सास्ती भइरहेको छ।
- सडक स्तरोन्नतिमा ढिलाइ हुँदा यात्रु र स्थानीयलाई यात्रा र ढुवानीमा समस्या भएको छ।
- सडक निर्माणमा ढिलाइबारे स्थानीयले गुनासो गरेका छन्, जसले गर्दा दुर्घटनाको जोखिम बढेको छ।
बागलुङ । बागलुङ–१ अन्तर्गतको रणनीतिक सडकले गति लिन सकेको छैन । साढे दुई दशक अगाडि मार्ग (ट्रयाक) खुलेको सडकको स्तरोन्नतिको काम ४० प्रतिशत मात्र सम्पन्न भएको छ ।
विसं २०५७ मा अदालत चौपारीदेखि गौँडाकोट, तित्याङ हुँदै रायडाँडा जोड्न मार्ग खुलेको सडकको काम अहिलेसम्म आधा पनि पूरा हुन नसकेको हो । सिगाना–तित्याङको कमलडाँडाबाट मार्ग खुलेको सडक अहिले अदालत चौपारीदेखि गौँडाकोट, तित्याङ हुँदै भकुन्डे–रायडाँडा हुँदै बरेङ गुल्मीको शान्तिपुर जोडिएको छ । विसं २०८० चैतमा दुई वर्षमा १५ किलोमिटर सडक कालोपत्रे गर्ने गरी बिडारी/तुँदी निर्माण कम्पनीले जिम्मा पाएको थियो ।
ग्रामीण सडक सञ्जाल सुधार आयोजनामार्फत एसियाली विकास बैंकको रु २८ करोड ऋण सहयोगमा यो सडक निर्माणको काम भइरहेको छ । समयमै सडक स्तरोन्नति नहुँदा हजारौँ यात्रुले सास्ती खेप्नुपरेको बागलुङ नगरपालिका–१० का पदमबहादुर थापाले गुनासो पोखे ।
उनले भने, “बागलुङ बजार नजिकै रहेको भकुन्डे गाउँमा पुग्न डेढ घण्टा लाग्छ, सडकको दुरावस्थाका कारण वर्षौँदेखि यहाँका नागरिकले सास्ती खेप्नुपरेको छ, बर्खामा हिलो र हिउँदमा धुलोले हामी आजित भइसक्यौँ, यात्रा गर्दा पनि निकै जोखिमपूर्ण छ ।”
भकुन्डे हुँदै रायडाँडा जोड्ने सडको करिब ६ किलोमिटरमा मात्रै नालीको काम भइरहेको छ । बागलुङ नगरपालिकाको सबैभन्दा विकटको बस्ती रायडाँडालाई जोडेको उक्त सडकको कामले गति लिन नसक्दा यात्रा गर्न र सामान ढुवानीमा समस्या भोग्नुपरेको वडाध्यक्ष ज्ञानेन्द्र गौतमले बताए ।
“गाउँमा बस्ने नागरिकलाई यो सडकका कारण ठूलो समस्या भएको छ । एक डेढ घण्टामा पुग्न सकिने ठाउँमा दुईतीन घण्टा लाग्छ, साँघुरो र अप्ठ्यारो हुँदा दुर्घटनाको जोखिम पनि उस्तै छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण