बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘पिएम कप’ क्रिकेट गण्डकी छनोट कास्की फाइनलमा

आइतबार, ०१ चैत २०८२, २२ : १८
आइतबार, ०१ चैत २०८२

सारांश

  • पिएम कप क्रिकेट प्रतियोगितामा कास्की फाइनलमा प्रवेश गर्यो।
  • अर्जुन कुमालको उत्कृष्ट ब्याटिङले कास्कीलाई जित दिलायो।
  • सेमिफाइनलमा स्याङ्जा र नवलपुरबीच प्रतिस्पर्धा हुनेछ।

कास्की । पोखरामा जारी पिएम कप क्रिकेट गण्डकी प्रदेश छनोट प्रतियोगितामा घरेलु टोली कास्की फाइनलमा पुगेको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज सम्पन्न खेलमा अर्जुन कुमालको शतकीय पारिको मद्दतमा तनहुँलाई १८७ रनले पराजित गर्दै कास्की उपाधि नजिक पुगेको हो ।

टस जितेर पहिले ब्याटिङ रोजेको कास्कीले निर्धारित ४५ ओभरमा ६ विकेट गुमाएर २९५ रनको योगफल तयार गरेको थियो । कास्कीका लागि अर्जुन कुमालले ११८ बलमा १४ चौका र एक छक्काको मद्दतमा १०३ रनको शतकीय पारि खेले । मुस्कान थापाले ७७ बलमा ५९ रन बनाए भने सिब्रिन श्रेष्ठले ३२ बलमा ४३ रनको आक्रामक पारि खेले । कप्तान विपिन खत्रीले ११ बलमा दुई छक्का प्रहार गर्दै २१ रन जोडे ।

बलिङतर्फ तनहुँका रमेश शाह र बिरु बादलले दुई/दुई विकेट तथा वंश क्षेत्री र समीर कँडेलले एक/एक विकेट लिए ।

जितका लागि २९६ रनको लक्ष्य पछ्याएको तनहुँको टोलीले ३० ओभरमा १०८ रन मात्र बनाउन सक्यो । तनहुँका कप्तान समीर कँडेलले ७५ बलमा ६४ रन बनाए । त्यस्तै देव राईले २५ रन बनाए ।

बलिङतर्फ कास्कीका लागि कप्तान विपिन खत्री र विश्वास पराजुलीले तीन/तीन, कृष्ण पौडेलले दुई तथा सुभाष भण्डारीले एक विकेट लिए । प्रतियोगिताअन्तर्गत सोमबार दोस्रो सेमिफाइनल खेल स्याङ्जा र नवलपुरबिच हुने आयोजक प्रादेशिक क्रिकेट सङ्घ गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले बताए ।

गत फागुन २७ गतेदेखि सुरु भएको प्रतियोगितामा कास्की, स्याङ्जा, बागलुङ, तनहुँ, नवलपुर र पर्वतले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रदर्शनका आधारमा उत्कृष्ट २४ खेलाडी छनोट गरी बन्द प्रशिक्षण सञ्चालन गरिने आयोजकले जनाएको छ ।

Indian Premier League 2026 Indian Premier League 2026

विस्तृत विवरण

खेल तालिका

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप