एन्फाले एकतर्फी निर्णय गरेको भन्दै ‘ए’ डिभिजन क्लबहरू आन्दोलित
सारांश
- एन्फाले लिग सञ्चालनमा मनोमानी गरेको भन्दै क्लबहरूले विरोध जनाएका छन्।
- क्लबहरूले एन्फाको कार्यशैली र एकलौटी निर्णयको विरोध गर्दै धर्ना सुरु गरेका छन्।
- क्लबहरूले खेलाडी स्थानान्तरण, विदेशी खेलाडीको 'वर्क परमिट' र लिगको मिति सच्याउन माग गरेका छन्।
काठमाडौँ। अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग सञ्चालनका लागि एकतर्फी र मनोमानी ढङ्गले निर्णय गरेको भन्दै क्लबहरूले संयुक्त रूपमा विरोध जनाएका छन् । सोमबार पत्रकार सम्मेलन गर्दै क्लबहरूले आफ्ना मागहरू तत्काल सम्बोधन गर्न माग गर्दै शान्तिपूर्ण धर्ना सुरु गरेका छन्।
क्लबहरूले एन्फाको कार्यशैलीका कारण नेपाली फुटबल दिनप्रतिदिन खस्कँदै गएको र एकलौटी निर्णय गर्ने प्रवृत्ति बढेको आरोप लगाएका छन् । एन्फा र ‘ए’ डिभिजन क्लबहरूबिच २०८२ साल कात्तिक १७ गते भएको सहमति कार्यान्वयन गर्नुपर्ने उनीहरूको पहिलो माग छ ।
जारी संयुक्त विज्ञप्तिमा लिग चलिरहेको अवस्थामा खेलाडी स्थानान्तरण (ट्रान्सफर विन्डो) नखोली कसरी खेलाडी अनुबन्धन गर्न सकिन्छ भनी प्रश्न गरिएको छ ।
साथै, विदेशी खेलाडीहरूलाई ‘वर्क परमिट’ लिन प्रक्रियागत झन्झट रहेको भन्दै त्यसलाई सहजीकरण गर्न एकद्वार प्रणाली लागू गर्न पनि क्लबहरूले माग गरेका छन् ।
प्रतियोगिता नियमावलीअनुसार लिगमा १४ क्लबको सहभागिता सुनिश्चित गर्नुपर्ने, प्राविधिक र आर्थिक पक्षमा सहमति गरेर मात्र लिगको मिति तोक्नुपर्ने लगायतका मागहरू पनि अघि सारिएको छ ।
क्लबहरूसँग छलफल नै नगरी एन्फाले मनोमानी ढङ्गले लिगको मिति तोकेकोमा गम्भीर असहमति जनाउँदै क्लबहरूले उक्त निर्णय सच्याएर सबैसँगको सहमतिमा नयाँ कार्यतालिका प्रकाशन गर्न अनुरोध गरेका छन् ।
आफूहरूले राखेका मागहरू तत्काल कार्यान्वयन गर्न दबाब दिने उद्देश्यले आज (सोमबार) देखि नै शान्तिपूर्ण धर्ना कार्यक्रम सुरु गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वमन्त्री अर्याल भन्छन्, ‘लोकतन्त्रमा पदसोपान होइन, कार्यक्षमता र सिर्जनशीलता महत्त्वपूर्ण हुन्छ’
-
जेलेन्स्कीले गरे पुटिनलाई प्रत्यक्ष वार्ताको प्रस्ताव
-
न्यायाधीशको सम्पत्ति छानबिनले न्यायपालिकाको स्वतन्त्रता भत्किने पूर्वप्रधानन्यायाधीश पराजुलीको चेतावनी
-
आर्थिक विधेयकमा संसदीय नियम र अभ्यासविपरीत अर्थमन्त्री वाग्लेको बलमिच्याइ
-
चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया भ्रमणमा जाँदै
-
‘राजनीतिक हस्तक्षेप नरोके एक दशकमै मरुभूमि बन्छ तराई’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण