अमेरिकाको प्रतिनिधिसभामा युद्ध अधिकार प्रस्तावमा पुनः मतदान हुँदै
सारांश
- अमेरिकाले इरानसँगको युद्धमा राष्ट्रपति ट्रम्पको अधिकार सीमित गर्न प्रस्ताव ल्याउने भएको छ।
- प्रतिनिधिसभामा विपक्षी दलका नेता हाकिम जेफ्रीजले युद्ध अधिकार प्रस्ताव पुनः मतदानमा ल्याउने बताए।
- यसअघि प्रस्तावको विरोधमा रहेका डेमोक्र्याट सदस्यहरूले अब समर्थन गर्ने तयारी गरेका छन्।
वासिङ्टन डीसी । अमेरिकाले राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानसँगको युद्धमा संलग्न हुने अधिकार सीमित गर्न युद्ध अधिकार प्रस्तावलाई पुनः मतदानका लागि हाउसमा ल्याउने भएको छ । प्रतिनिधिसभामा विपक्षी दलका नेता हाकिम जेफ्रीजले यस्तो बताएका हुन् ।
जेफ्रीजले एमएस नाउसँगको अन्तर्वार्तामा भने, ‘हामीले यस महिनाको सुरुवातमा हाउसमा युद्ध अधिकार प्रस्ताव पेस गरेका थियौँ, तर केही भोटले सफल भएन । आज अधिवेशन खुल्दा हामी फेरि यही कदम अघि बढाउनेछौँ ।’
उनका अनुसार यसअघि प्रस्तावको विरोधमा रहेका केही डेमोक्र्याट सदस्यहरूले अब समर्थन गर्ने तयारी गरेका छन् । प्रस्ताव पुनः हाउसमा ल्याइयो भने आफूहरूले समर्थन गर्ने उनीहरूले बताएको जेफ्रीजले बताए ।
अघिल्लो पटक हाउसका चार डेमोक्र्याट सदस्यले प्रस्तावको विरोधमा भोट दिएका थिए । यस कदमले राष्ट्रपति ट्रम्पको युद्धमा स्वतन्त्र निर्णय गर्ने अधिकारलाई कानुनी रूपमा सीमित गर्ने प्रयास गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण