दोहोरो नागरिकता लिने व्यक्ति नियन्त्रणमा
मङ्गलबार, ०३ चैत २०८२, २२ : ४९
सारांश
- कास्की जिल्ला प्रशासन कार्यालयले दोहोरो नागरिकता लिने एक व्यक्तिलाई नियन्त्रणमा लियो।
- हिराधन पुनलाई २०४७ सालमा नागरिकता लिएपछि दोस्रो पटक नागरिकता लिएको आरोप छ।
- प्रारम्भिक अनुसन्धानले उनले विवरण फरक पारेको देखिन्छ र थप अनुसन्धानको लागि प्रहरीलाई बुझाइयो।
गण्डकी । जिल्ला प्रशासन कार्यालय कास्कीले दोहोरो नागरिकता लिने एक जनालाई नियन्त्रणमा लिएको छ ।
तत्कालीन रुकुमबाट पहिलो २०४७ फागुन २९ मा नेपाली नागरिकताको प्रमाणपत्र लिएका जितबहादुर पुनका छोरा हीराधन पुनलाई नियन्त्रणमा लिइएको हो ।
कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले निजले आफ्नो वास्तविक नाम थर, जन्म मिति, जन्म स्थान, स्थायी ठेगाना र बाबुको नाम थर समेतको विवरण फरक पारी जिल्ला प्रशासन कार्यालय, कास्कीबाट २०५८ वैशाख २० मा पुनः नेपाली नागरिकताको प्रमाणपत्र लिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जानकारी दिए ।
उनका अनुसार निज व्यक्तिलाई नियन्त्रणमा लिई दोहोरो नेपाली नागरिकता लिएको विषयमा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण