विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिँदै अर्जेन्टिना
अर्जेन्टिना । अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ । परराष्ट्रमन्त्री पाब्लो क्विर्नोले मङ्गलबार सामाजिक सञ्जालमा जानकारी दिएका हुन् ।
उनका अनुसार यो निर्णय १७ मार्च सन् २०२५ मा संयुक्त राष्ट्रसङ्घको महासचिवलाई पठाइएको पत्रमार्फत जानकारी गराइएको थियो । भियना सन्धि अनुसार नोटिफिकेसनको एक वर्षपछि यो फिर्ता औपचारिक रूपमा लागू भएको हो ।
क्विर्नोले भने, “हाम्रो देश स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगलाई द्विपक्षीय सम्झौता र क्षेत्रीय फोरममार्फत अघि बढाउने छ, तर स्वास्थ्य नीतिहरू निर्धारण गर्ने हाम्रो सार्वभौमिक अधिकार र स्वतन्त्रता पूर्ण रूपमा सुरक्षित रहनेछ ।”
अर्जेन्टिनाली सरकारले सन् २०२५ मार्चमा यो निर्णय घोषणा गरेको थियो । राष्ट्रपतिका प्रवक्ताले त्यतिबेला जानकारी दिँदै भने, “राष्ट्रपति हवियर मिलेइले परराष्ट्रमन्त्रीलाई यस अन्तर्राष्ट्रिय निकायबाट देशको सहभागिता फिर्ता लिन निर्देशन दिनुभएको छ ।”
“यो निर्णयले देशलाई आवश्यक सन्दर्भ अनुसार नीति निर्माण गर्न लचिलोपन दिनेछ, स्रोतको उपलब्धता बढाउनेछ र स्वास्थ्य सम्बन्धी मामिलामा सार्वभौमिकता सुनिश्चित गर्ने हाम्रो मार्गलाई पुष्टी गर्नेछ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण