इरानी ऊर्जा केन्द्रमा हवाई हमलाः विश्वकै ठुलो ग्यास क्षेत्र निशानामा
तेहरान । पश्चिम एसियामा जारी युद्धबिच अमेरिका र इजरायलले अब इरानका ऊर्जा केन्द्रहरूलाई निशाना बनाउन थालेका छन् । इरानी सरकारी सञ्चार माध्यमका अनुसार अमेरिका र इजरायलले दक्षिणी इरानमा रहेको साउथ पार्स ग्यास क्षेत्र र असालुयेह सहरका तेल तथा ग्यास अड्डाहरूमा हवाई हमला गरेका छन् ।
साउथ पार्सलाई विश्वको सबैभन्दा ठुलो प्राकृतिक ग्यास क्षेत्र मानिन्छ । समाचारहरूका अनुसार यस हमलामा ग्याससँगै पेट्रोरसायन (पेट्रोकेमिकल) र तेल पूर्वाधारलाई पनि निशाना बनाइएको छ । इजरायली सञ्चार माध्यमले पनि बुशेहर क्षेत्रमा रहेको ग्यास सुविधा केन्द्रमा हमला भएको जानकारी दिएका छन् ।
यसअघि इजरायलका रक्षामन्त्रीले आज इरान र लेबनानमा ठूलो आश्चर्य देख्न पाइने बताएका थिए, जसलाई यी हमलाहरूसँग जोडेर हेरिएको छ ।
यसको जवाफमा इरानले खाडी राष्ट्रहरूमा ठुला हमला गर्ने चेतावनी दिएको छ । इरानको रिभोलुसनरी गार्डले मानिसहरूलाई साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र कतारका प्रमुख तेल तथा ग्यास केन्द्रहरूबाट टाढा रहन आग्रह गरेको छ ।
यस्तै कतारले इरानको ग्यास क्षेत्रमा भएको हमलाको निन्दा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण