पूर्वी नेपालमा हावाहुरी चल्ने भन्दै प्राधिकरणद्वारा चेतावनी जारी
सारांश
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण प्राधिकरणले हावाहुरीको सम्भावनाबारे सतर्कता अपनाउन आग्रह गरेको छ।
- कर्णाली र सुदूरपश्चिम प्रदेशमा भारी वर्षा र हिमपातको सम्भावना रहेको छ भने लुम्बिनी र पूर्वी क्षेत्रमा हावाहुरी चल्ने सम्भावना छ।
- प्राधिकरणले हावाहुरीबाट बच्नका लागि सुरक्षित स्थानमा बस्न र विशेष सावधानी अपनाउन अनुरोध गरेको छ।
काठमाडाैँ । पूर्वी नेपालमा हावाहुरी चल्ने जल तथा मौसम विज्ञान विभागकाे सूचनापछि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्कता अपनाउन आग्रह गरेकाे छ । बिहीबार प्राधिकरणले सूचना जारी गर्दै प्रि मनसुनको अवधि पनि रहेकोले सतर्कता अपनाउन आग्रह गरेकाे हाे ।
प्राधिकरणका अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमानअनुसार चैत्र ६ गते शुक्रबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली क्षेत्रका एक/दुई स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना छ। साथै, शुक्रबारबाटै दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लामा तथा पर्सि शनिबार पूर्वी क्षेत्रका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी (झण्डै ११९ किलोमिटर प्रतिघण्टा) चल्ने सम्भावना रहेको छ ।
उल्लिखित स्थानमा बसोबास तथा यात्रा गर्ने नागरिकले विशेष सतर्कता अपनाउनु हुन, विशेष काम नपरी यात्रामा ननिस्कनु हुन, हावाहुरी चलेका बेला घरको झ्यालढोका राम्रोसँग बन्द गर्नु हुन, आगोका स्रोतहरु बन्द गर्न, सवारी साधन चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्न, भिडभाडमा भए नआत्तिन, भागदौड नगरी विस्तारै सुरक्षित स्थानमा जान प्राधिकरण सबैमा हार्दिक अनुरोध गरेकाे हाे ।
प्रि मनसुनको अवधि पनि रहेकोले तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत तथा सञ्चार सेवा प्रभावित हुने लगायतका जोखिम रहने उपसचिव रामबहादुर केसीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।
हावाहुरी चलेका बेला कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुनि नबस्नु हुन, बिजुलीको तार लत्रिएको छ भने नछुनु हुन, सो समयमा विद्युतीय उपकरण नचलाउनु हुन एवं जोखिमयुक्त स्थानमा नबस्न पनि चेतावनी दिएकाे छ ।
जल तथा मौसम विज्ञान विभागबाट जारी हुने मौसम सम्बन्धी पूर्वानुमान र प्राधिकरणबाट जारी हुने सूचना नियमित रुपमा जानकारीमा राखी आवश्यक सतर्कता अपनाउन समेत अनुरोध गरिएकाे छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण