ह्वाट्सएप ह्याक गरेर ठगी बढ्दो, साइबर ब्यूरोले गरायाे सचेत
सारांश
- नेपालमा ह्वाट्सएप ह्याक गरी पैसा माग्ने ठगीका घटना बढेको साइबर ब्यूरोले जनाएको छ।
- ह्याकरहरूले आपत्कालीन अवस्थाको बहानामा पैसा माग्न साथीभाइ र आफन्तलाई सन्देश पठाउँछन्।
- प्रहरीले शंकास्पद सन्देशमा विश्वास नगर्न र पैसा पठाउनुअघि पुष्टि गर्न आग्रह गरेको छ।
काठमाडाैँ । नेपालमा पछिल्लो समय ह्वाट्सएप ह्याक गरी नजिकका साथीभाइ तथा आफन्तहरूलाई आपत्कालीन अवस्थाको बहाना बनाएर पैसा माग्ने ठगीका घटनाहरू उल्लेख्य रूपमा बढेका छन्। यस्ता घटनाप्रति सजग रहन नेपाल प्रहरीको साइबर ब्यूरोले सर्वसाधारणलाई विशेष अनुरोध गरेको छ।
साइबर ब्यूरोका अनुसार ह्याकरहरूले “म समस्या/अप्ठ्यारोमा परेको छु, तुरुन्त पैसा पठाइदिनुहोस्” वा “मेरो बैंकिङ एपमा समस्या आएको छ, यो क्युआर काेडमा पैसा पठाइदिनुहोस्” जस्ता सन्देश पठाई ठगी गर्ने गरेका छन्। यस्ता सन्देशहरू प्रायः पीडितका नजिकका चिनेजानेका व्यक्तिको ह्वाट्सएप खाताबाट पठाइने हुँदा धेरै मानिस झुक्किने गरेका छन्।
प्रहरी उपरीक्षक तथा प्रवक्ता दिपकराज अवस्थीले यस्ता सन्देशहरूमा हतारमा विश्वास नगर्न आग्रह गर्दै आवश्यक परे सम्बन्धित व्यक्तिलाई प्रत्यक्ष फोन गरेर मात्र पुष्टि गर्न सुझाव दिएका छन्।
साइबर ब्यूरोले यस्ता ठगीबाट बच्न निम्न सावधानी अपनाउन आग्रह गरेको छ ।
-
अपरिचित वा शंकास्पद सन्देशमा तुरुन्त विश्वास नगर्ने
-
पैसा पठाउनु अघि सम्बन्धित व्यक्तिसँग प्रत्यक्ष सम्पर्क गरेर पुष्टि गर्ने
-
शंकास्पद लिंक, QR कोड वा फाइल क्लिक/डाउनलोड नगर्ने
-
WhatsApp मा Two-Step Verification अनिवार्य रूपमा सक्रिय गर्ने
-
OTP वा Verification Code कसैलाई पनि नदिने
-
मोबाइल तथा एप्स नियमित रूपमा अपडेट गर्ने
-
WhatsApp Web प्रयोगपछि अनिवार्य रूपमा Log out गर्ने
साइबर ब्यूरोले यस्ता घटनामा सतर्कता अपनाए मात्र ठगीबाट बच्न सकिने बताउँदै कुनै शंका लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा जानकारी दिन पनि आग्रह गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
-
बारामा कांग्रेसका दुई समूहबिच झडप, केही कार्यकर्ता घाइते
-
बारामा कांग्रेसका दुई समूहबिच झडप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण