शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अमेरिकी सैनिक हुँ भन्दै अनलाइनमार्फत ठगी गरेको आरोपमा युवक पक्राउ

बिहीबार, ०५ चैत २०८२, २१ : ५२
बिहीबार, ०५ चैत २०८२

सारांश

  • अमेरिकी सेनामा कार्यरत रहेको भन्दै महिलालाई ठगी गरेको आरोपमा स्याङ्जाका एक युवक पक्राउ परेका छन्।
  • पक्राउ परेका युवकले टिकटक र ह्वाट्सएपमार्फत महिलाहरूलाई सम्पर्क गरी रकम ठगी गर्ने गरेको खुलेको छ।
  • प्रहरी अनुसन्धानका क्रममा उनले आफूलाई विशाल थापा क्षेत्री बताउने गरेको र कानुनी कारबाहीका लागि उनलाई प्रहरी परिसर काठमाडौँ पठाइएको छ।

काठमाडौँ । आफूलाई अमेरिकी सेनामा कार्यरत रहेको भन्दै सामाजिक सञ्जालमार्फत महिलाहरूलाई प्रलोभनमा पारेर ठगेको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको बिरुवा गाउँपालिका वडा नम्बर–२ घर भएका ३४ वर्षीय भेषराज वाग्ले छन् । 

आरोपीले महिलाहरूलाई ‘टार्गेट’ गरेर टिकटक मार्फत ह्वाट्स एप नम्बरमा सम्पर्क गरेर ठगी गर्ने गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले रातोपाटीलाई बताए । उनले सुरुमा टिकटक चिनजान गरेर विदेशी नम्बर मार्फत ह्वाट्स एपमा कुराकानी गरेर महिलाहरूलाई प्रलोभनमा पार्ने गरेका थिए । 

कुराकानीका क्रममा आफू अमेरिकी आर्मी भएको र हाल बिदामा नेपाल आएको भन्दै उनले झुटो आश्वासन दिने गरेका थिए ।  नेपालमा जग्गाको कर तिर्नुपर्ने तर आफ्नो बैंक खातामा ‘लिमिट’ लागेको (कारोबारको सीमा नाघेको) बहाना बनाएर उनले पीडित महिलाहरूसँग रकम माग गरी ठगी गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

ठगी गर्ने धन्दामा उनले आफ्नो सक्कली नाम लुकाएर विशाल थापा क्षेत्री बताउने गरेका थिए । उनलाई चैत ३ मा चन्द्रागिरिबाट पक्राउ गरिएको एसपी भट्टले बताए । वाग्लेलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप