सुनको मूल्य थप घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, ०६ चैत २०८२, १० : ५५
सारांश
- शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ हजार ८०० रुपैयाँले घट्यो।
- छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
- चाँदीको मूल्य पनि १ सय १५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँ पुग्यो।
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ। केही दिनयता घट्दो क्रममा रहेको छापावाल सुनको मूल्य शुक्रबार पनि प्रतितोला ७ हजार ८०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि बिहीबार छापावाल सुन प्रतितोला ३ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५२ हजार ४८५ रुपैयाँ कायम छ ।
सुनसँगै चाँदीको मूल्यमा पनि आज ओरालो लागेको छ। बिहीबार प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भएको चाँदी आज १ सय १५ रुपैयाँले घटेर ४ हजार ८९५ रुपैयाँ पुगेको छ।
महासंघका अनुसार आज १० ग्राम चाँदीको मूल्य ४ हजार १९७ रुपैयाँ तोकिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण