दुई वर्षपछि कुखुराका चल्लाको लागत मूल्य, कतिमा हुन्छ बिक्री ?
चितवन । ह्याचरीबाट उत्पादित कुखुराका चल्लाले दुई वर्षपछि लागत मूल्य पाएका छन् । नेपाल ह्याचरी उद्योग सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र लामिछानेका अनुसार हाल ब्रोइलर चल्ला प्रतिवटा रु ९० र लेयर्सको रु १६० मा बिक्री हुन थालेका छन् । ब्रोइलरको लागत मूल्य रु ६५ र लेयर्सको रु १२० पर्न आउँछ ।
यसले दुई वर्षभन्दा बढी समय लागत मूल्यभन्दा कममा चल्ला बेच्नुपर्दा समस्यामा परेका ह्याचरी उद्योगलाई राहत पुगेको उनले जानकारी दिए ।
पुस महिनायता क्रमशः मूल्य बढ्दै गएको हो । त्यसअघि रु २५ सम्ममा बोइलर चल्ला बेच्नुपर्ने बाध्यता रहेको थियो । मूल्य घटेपछि उद्योगले दुई सातासम्म चल्ला उत्पादन नै रोकेका थिए ।
यहाँ दुई सय ५० भन्दा बढी ब्रोइलर चल्ला र चार वटा लेयर्स चल्ला उत्पादन गर्ने ह्याचरी उद्योग बन्द भएका अध्यक्ष लामिछानेले बताए ।
“मूल्य नपाएका कारण धेरै उद्योग बन्द भएका छन् । हाल १०० वटा ब्रोइलरका र १० वटा लेयर्सका ह्याचरी सञ्चालनमा छन् । एक हप्तामा ती उद्योगबाट लेयर्सका एक लाख र ब्रोइलरका ३० लाख हाराहारी चल्ला उत्पादन हुने गरेका छन् । बढी चल्ला उत्पादन हुँदा सातामा ब्रोइलरका ४२ लाखभन्दा बढी र लेयर्सका तीन लाख ५० हजार चल्ला उत्पादन हुने गरेका थिए”, उनले भने ।
हाल उत्पादनमा कमी भएको र भारतीय नाकाबाट चल्ला आउन रोकिएपछि यहाँको उत्पादनले बजार पाएको लामिछाने बताए । उनका अनुसार भारतमा चल्लाको मूल्य बढी छ भने सीमानाकामा कडाइ गरिएको छ ।
यसअघि कुखुरापालन गर्ने धेरै साना किसान विस्थापित भइसकेका छन् । लेयर्स कुखुरा ठूलो सङ्ख्यामा पालिँदै आएकामा पछिल्लो समय एकै किसानले सात लाखसम्म ब्रोइलर कुखुरा पाल्न थालेपछि बजारको माग धान्न सहज भएको अध्यक्ष लामिछानेको भनाइ छ ।
“सरकारले सीमा क्षेत्रबाट अवैध पोल्ट्रीजन्य पदार्थ रोकेमा यहाँका किसानले राहत पाउँछन् । यसमा हामीले लामो समयदेखि दबाब दिँदै आएका छौँ”, उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
-
१५ लाख ७० हजार लाइसेन्स छापिए, एक वर्षभन्दा कम म्यादका अब नछापिने
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई परिस्कृत गर्न सहजीकरण गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता
-
पासपोर्ट बनाउन कति सहज ?
-
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण