गगनको राजीनामाबारे अर्जुन नरसिंह केसी भन्छन्– पार्टी र देश बदल्छु भनेर हिँडेको क्याप्टेनले मैदान छोडेर जान मिल्दैन
शुक्रबार, ०६ चैत २०८२, १५ : १२
सारांश
- अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितको आधारमा नेतृत्वको परीक्षण गलत हुने बताए।
- उनले पार्टी सभापति गगनकुमार थापाको राजीनामालाई बेठिक भएको बताए।
- केसीले निर्वाचनको परिणामबाट नआत्तिन पार्टी कार्यकर्ताहरूलाई आग्रह गरे।
काठमाडौँ । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले निर्वाचनको हार वा जितकै आधारमा मात्र नेतृत्वको परीक्षण गरिनु गलत हुने बताएका छन् ।
शुक्रवार पार्टी केन्द्रिय कार्यसमितिको बैठकअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टी सभापति गगनकुमार थापाको राजीनामा बेठिक भएको बताए ।
पार्टी र मुलुक नै बदल्छु भनेर मैदानमा आएको क्याप्टेनले जिम्मेवारी छोडेर जान नमिल्ने उनको टिप्पणी थियो । उनले निर्वाचनको परिणामबाट नआत्तिन पार्टी कार्यकर्ताहरूलाई आग्रह समेत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण